The news from New Generation with new vision.

आज मंगलबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

1,376

आजको पञ्चाङ्ग
मिति २०७६ साल साउन ७ गते मंगलबार, इस २०१९ जुलाई २३ गते, शकसंवत् १९४१, परिधावी संवत्सर। दक्षिणायन, वर्षा ऋतु, नेसं ११३९ दिल्लागा, श्रावण कृष्णपक्ष। षष्ठी, १२ः३० उप्रान्त सप्तमी तिथि ।  सूर्योदय– ५ः२३ बजे, सूर्यास्त– १८ः५७ बजे र दिनमान ३३ घडी ५ पला।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
नविन कार्यसिद्धीको योग रहनेछ । आजको दिन शुभ रहेको छ । आय आर्जन क्षेत्र लाभदायी होला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यापार व्यवसाय फस्टाउने छ । नयाँ ज्ञानसीप सिक्ने अवसर मिल्ला।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
राजकीय क्षेत्रबाट सफलता मिल्नेछ । धन लाभ हुने योग छ । पति पत्नीबीचको माया प्रगाढ रहला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
चोट पटकको भय छ दुर्घटनाबाट बँच्नुहोला । सम्यमित भएर अगाडी बढ्नुहोला । मातृपक्षबाट आर्शिवाद र प्रेरणा मिल्ने छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
अध्ययन अध्यापनमा सफलता मिल्नेछ । धन लाभ हुने छ भने राजनीतिक क्षेत्र लाभदायिक रहनसक्छ । नयाँ ज्ञानसीप सिक्ने अवसर मिल्ला।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
गीत संगीतमा रुची बढ्ने छ । धन हानी हुनसक्छ । प्रेम प्रेमीकाबीचको सम्बन्ध उत्तम रहला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
पुन मिलनको योग रहेको छ । कार्यमा सफलता मिल्ने छ । कामको चाप बढ्ने छ भने  दाम्पत्य जिवनमा खटपट आउला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
हर्ष उल्लास तथा अनुहारमा कान्ति र मनमा शान्ति छाउला । आजको दिन शुभ रहेको छ । प्रेम सम्बन्ध शुभ छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
धर्म कर्म लगायतका शुभ कार्यमा सहभागी हुने योग छ । धन लाभ र नयाँ कामको थालनी हुने देखिन्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आजको दिन त्यति शुभ छैन । चोटपटक लाग्न सक्छ । मनमा पिरले डेरा जमाउला । अन्तमा भने धन लाभ हुनसक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
मिष्ठान्न भोजन प्राप्त भएपनि मनमा पिडा रहला । आमापक्षबाट सहयोग मिल्ने छ ।

यो पनि पढ्नुहोस् :   सन्नी लियोनी ११ सेप्टेम्बरमा नेपाल आउँदै 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
अनावश्यक खर्च बढ्ने छैन । उपहार प्राप्ती हुन सक्छ । शान्त र एकान्तमा दिन बित्नेछ । आजको दिन शुभ छ ।

नोटः ज्योतिष बास्तुसँग सम्बिन्धित कुनै पनि समस्या छन् र ज्योतिष सम्बन्धि सल्लाह लिन चाहनुन्छ भने हामीलाई सम्झनुहोस्।

विन्ध्यवासिनी ज्योतिष सेवा सदन, पोखरा

गणितिय युवा ज्योतिष भवेश भट्टराई

सम्पर्कः ९८४६८५५२११, ९८२७१२२०२७

विन्ध्यवासिनी भगवती मन्दिरमा पूजाआजा हुने दैनिक कार्यतालिका

१) विन्ध्यवासिनी भगवतीको प्रातः कालिन नित्यपूजा ४ः३० देखि ५ः४५ बजेसम्म हुनेछ।
२) नित्यपूजा पश्चात मात्र दर्शनार्थीहरुका लागि मन्दिर ६ः०० बजे खुल्ला रहनेछ।
३) ११ः४५ देखि १२ः०० बजेसम्म मध्याह्न पूजा हुनेछ।
४) दिउँसो १२ः०० बजेदेखि १ः०० बजेसम्म मन्दिर बन्द रहनेछ।
५) ३ः०० बजेदेखि ४ बजेसम्म मन्दिर सरसफाइ हुनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित पाेष्टहरु