The news from New Generation with new vision.

बन्दै गरेको मन्दिरको छत खसेर २ जनाको मृत्यु

20

पाँचथर । हिलिहाङ गाउँपालिकामा सोमबार बिहान मन्दिरको ढलान खस्दा दुई जनाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर ७ भारपाकोटारीस्थित  यलम्बर पार्कमा निर्माणाधिन मन्दिरको छत खसेको हो ।

२० दिनअघि ढलान गरिएको छत  सटिङ खुस्काउने क्रममा खसेको स्थानीय अर्जुन रिजालले जानकारी दिनुभयो । रिजालका अनुसार छतले च्यापिएर जगतबहादुर राई र रुद्र राईको मृत्यु भएको  छ ।

प्रहरी निरीक्षक अनिलकुमार पौडेलले ढलान गरिएको छत राम्रोसँग नअडिएका कारण सटिङ खुस्काउने क्रममा खसेको बताउनु भयो ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   आज कृष्णाष्टमी तथा गौरा पर्व मनाइँदै
सम्बन्धित पाेष्टहरु