The news from New Generation with new vision.

आज एकताले पूर्णता पाउने, प्रचण्डको भूमिका खोजिँदै

39

काठमाडौं । पार्टी एकीकरण भएको पन्ध्र महिनापछि नेपाल कम्युनिष्ट पार्टीले एकताको बाँकी कामलाई पूर्णता दिने भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको सहमतिअनुसार विभाग र केन्द्रीय सदस्यहरुको कार्य विभाजनको टुंगो लाग्ने भएको छ।

विभाग तथा आयोगका प्रमुख र केन्द्रीय सदस्यहरुको कार्य्विभाजन गरेर देशव्यापी रुपमा कार्यक्रम सञ्चालन गर्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

महत्वपूर्ण मानिएको विभाग र आयोग प्रमुखको नामावली मोटामोटी टुंगो लागिसकेको छ । विदेश विभाग प्रमुखमा वरिष्ठ नेता माधवकुमार नेपाल, नीति अध्ययन प्रतिष्ठानको प्रमुखमा वरिष्ठ नेता झलनाथ खनाल र संगठन विभागको प्रमुखमा वामदेव गौतम रहने सहमति जुटेको बताइएको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   आज आइतबार, निकै राम्रो छ यी ९ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
सम्बन्धित पाेष्टहरु