The news from New Generation with new vision.

आज शनिबार, निकै राम्रो छ यी राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

792

आजको पञ्चाङ्ग
मिति २०७६ साल साउन ४, शनिबार। इस २०१९ जुलाई २०, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन। वर्षा ऋतु, नेसं ११३९ दिल्लागा, श्रावण कृष्णपक्ष, तृतीया, ६ः४६ उप्रान्त चतुर्थी तिथि। सूर्योदय– ५ः२१ बजे, सूर्यास्त– १८ः५८ बजे र दिनमान ३४ घडी २ पला।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मानसम्मानमा गिरावट आउन नदिने प्रयास हुनेछ। ज्ञानविज्ञान वा पठनपाठनमा ध्यान केन्द्रीत हुन सक्दैन। मनोरञ्जन भने हुनेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
दामपत्य जिवन सुखमय होला। उत्साह र आनन्द अनुभुती होला । विशुद्ध व्यक्तिहरुसँग छलफलबाट लाभ हुने सम्भावना छ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
मित्रवर्गबाट उत्कृष्ठ सहयोगको सम्भावना देखिन्छ। सामाजिक राजनीतिक कार्यमा सफलता मिल्ला। धन आर्जन हुनेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
भाईबहिनीले पनि सन्तुष्ट तुल्याउनेछन्। दान पुन्य गर्ने कार्यमा मन जानेछ। प्रेममा सुधार हुनेछ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
नयाँ कामका लागि नयाँ अवसर आउनेछ। निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित होला। दैनिक काममा सँधै सफलता होला।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
स्वादिष्ट भोजनको योग छ। व्यापार व्यवसायमा लाभ होला। थोरै समय दिएपनि कार्यमा सफलता मिल्नेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
देवालय मठ मन्दिर आदिको दर्शन गर्ने समय छ। आध्यात्मिक क्षेत्रका काममा सहभागी भईएला। समय शुभ छ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
नयाँ काम तथा सीप सिक्ने अवसर मिल्ला । धन लाभ होला । चन्द्रमा कमजोर हुँदा चोट पटकको भए रहला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
धार्मिक सामाजिक राजकीय क्षेत्रमा फदलायी रहला । धन लाभ भएता पनि मनमा चिन्ता बढ्ला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
व्यापार व्यवसायमा चिन्ता थपिएला । चोट पटक लाग्न सक्छ । परिश्रम व्यर्थै खेर जानसक्छ । नराम्रो खबर सुन्नु पर्ला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
दाम्पत्य सम्बन्ध सुखद रहला । परोपकार क्षेत्रमा मन आकर्षित हुनेछ । धन लाभ होला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
मिष्ठान्न भोजनमा सहभागी भईएला । मानसम्मान तथा धन लाभ होला । सबैको प्रिय बन्ने योग रहेको छ ।

यो पनि पढ्नुहोस् :   स्वास्थ्य उपचारका लागि प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान

नोटः ज्योतिष बास्तुसँग सम्बिन्धित कुनै पनि समस्या छन् र ज्योतिष सम्बन्धि सल्लाह लिन चाहनुन्छ भने हामीलाई सम्झनुहोस्।
विन्ध्यवासिनी ज्योतिष सेवा सदन, पोखरा

गणितिय युवा ज्योतिष भवेश भट्टराई

सम्पर्कः ९८४६८५५२११, ९८२७१२२०२७

विन्ध्यवासिनी भगवती मन्दिरमा पूजाआजा हुने दैनिक कार्यतालिका

१) विन्ध्यवासिनी भगवतीको प्रातः कालिन नित्यपूजा ४ः३० देखि ५ः४५ बजेसम्म हुनेछ।
२) नित्यपूजा पश्चात मात्र दर्शनार्थीहरुका लागि मन्दिर ६ः०० बजे खुल्ला रहनेछ।
३) ११ः४५ देखि १२ः०० बजेसम्म मध्याह्न पूजा हुनेछ।
४) दिउँसो १२ः०० बजेदेखि १ः०० बजेसम्म मन्दिर बन्द रहनेछ।
५) ३ः०० बजेदेखि ४ बजेसम्म मन्दिर सरसफाइ हुनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित पाेष्टहरु