The news from New Generation with new vision.

हिमालमा ठोक्कएर सानो बिमान दुर्घटना, ३ जनाको मृत्यु

भियना । अस्ट्रियाको पश्चिम टाइरोलमा बिहीबार एउटा सानो बिमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जर्मनीको सीमा नजिक हिमाली क्षेत्रमा बिमान ठोक्किएको प्रहरीले जनाएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार बिमानले समुद्र सतहबाट करिब २,३०० मिटरको उचाईमा रहेको हिमाली चट्टानमा ठक्कर दिएको थियो ।

कठिन भौगोलिक क्षेत्र भएकाले खोज तथा उद्धारमा कठिनाई भएको पनि प्रहरीले जनाएको छ । बिमान दुर्घटनाका सम्बन्धमा अनुसन्धान जारी छ।

यो पनि पढ्नुहोस् :   गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीको पुर्जी
सम्बन्धित पाेष्टहरु