The news from New Generation with new vision.

भारतका चर्चित बाल कलाकार अनु सिंहको सडक दुर्घटनामा परी मृत्यु

479

काठमाडौँ । सडक दुर्घटनामा परी बलिउड र भारतीय टेलिभिजनका चर्चित बाल कलाकार शिवलेख सिंह उर्फ अनु सिंहको ज्यान गएको छ ।

१४ वर्षीय शिवलेख आफ्नो परिवारसँग कारमा यात्रा गरिरहेका बेला बिहीबार दिउँसो ३ बजेतिर ट्रकसँग ठोक्किँदा उनको ज्यान गएको हो । उक्त दुर्घटनामा परी शिवलेखका बुवा शवेन्द्र सिंह र आमा लेखना सिंह गम्भीर अवस्थामा अस्पतालमा भर्ना छन्।

शिवलेखले टिभी सिरियल ससुराल सिमरकासहित विभिन्न टेलिश्रृङ्खलामा महत्वपूर्ण भूमिका निभाएर आफ्नो पहिचान बनाएका थिए।

उनले जी टिभीको इन्डियाज बेस्ट ड्रामेबाज, सोनी टिभी संकटमोचन हनुमान, कलर्स टिभीको ससुराल सिमरका, सब टिभीका खेलाडी, बालवीर, श्रीमान जी श्रीमती जी, बिग म्याजिकको अकबर–बिरबलमा अभिनय गरिसकेका छन् । उनी रेमो डिसुजाको फिल्ममा पनि काम गरिरहेका थिए । यसको ९० प्रतिशत सुटिङ भइसकेको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   सन्नी लियोनी ११ सेप्टेम्बरमा नेपाल आउँदै 
सम्बन्धित पाेष्टहरु