The news from New Generation with new vision.

यात्रुले खचाखच भरिएको जीप दुर्घटना, ३ जनाको मृत्यु ११ घाइते !

40

काठमाडौं । यात्रुले खचाखच भरिएको जीप दुर्घटनामा परेको छ। बाजुराको जगन्नाथ गाउँपालिका–५ भुवाखोलामा जिप दुर्घटना भएको हो।

कोल्टीको पिलुचौरबाट कालिकोटको जितेगडा जाँदै गरेको प १ ज २१ नम्मरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी ३ जनाको मृत्यु बाजुरका प्रहरी प्रमुख उद्धवसिंह भाटले जानकारी दिनुभयो। घटनामा ११ जना घाइते भएका छन्।

जीपमा सवार १५ जना मध्ये २ जना सकुसल रहेको प्रहरीले जनाएको छ। जीप उकालोमा चढ्न नसकेर कर्णाली करिडोरको सडकबाट ५० मिटर तल खसेको बताएको छ। घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   रवि विरूद्व आत्महत्या दुरूत्साहन मुद्दा दर्ता, अस्मिताको बयान सकियो रवि र कँडेलको भोलिमात्रै हुने
सम्बन्धित पाेष्टहरु