The news from New Generation with new vision.

सोच्नै नसकिने गरी बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

942

काठमाडौं । आज (शुक्रबार) सुनको मूल्यमा अर्को नयाँ रेकर्ड कायम भएको छ। आज सुनको मूल्य ६५ हजार ५ सय रुपैयाँ पुगेर अहिले सम्मकै उच्च बिन्दूमा पुगेको छ।

असार ६ गते सुनले ६५ हजार रुपैयाँको रेकर्ड बनाएको थियो। अघिल्लो एक हप्ता सुनको मूल्य स्थिर देखियो। हप्ताभरि सुन लगातार ६४ हजार ५ सय रुपैयाँमामात्रै कारोबार भयो। एक हप्तासम्म लगातार एउटै मूल्यमा कारोबार भइरहेको सुन हिजो ५ सय रुपैयाँ बढेर ६५ हजार रुपैयाँमा कारोबार भयो।

सुन हिजोको मूल्यमाफेरि ५ सय रुपैयाँ बढेर आज अहिले सम्मकै उच्च मूल्यको नयाँ रेकर्डमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। हिजो प्रतितोला ७६५ रुपैयाँमा बिक्री भएको चाँदी आज ७७० रुपैयाँमा बिक्री भइरहेको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   यसपटकको दशैँमा नयाँ नोट नआउने !
सम्बन्धित पाेष्टहरु