The news from New Generation with new vision.

मोटरसाईकल दुर्घटनामा परी वडाध्यक्षको मृत्यु

64

बैतडी । मोटरसाईकल दुर्घटनामा परी बैतडीको सुर्नया गाउँपालिकाका वडा अध्यक्ष कलशबहादुर चन्दको ज्यान गएको छ।

महाकाली राजमार्ग अन्तर्गत बैतडीको सतबाँझबाट खोचलेक तर्फ से १ प १११४ नम्बरको मोटरसाईकलमा जाँदै गरेका अध्यक्ष चन्द वीपरीत दिशाबाट आउँदै गरेको २ प ६६३३ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा वडा अध्यक्षको ज्यान गएको हो ।

त्यस्तैगरी दुर्घटनामा घाइते भएका चन्द्र सिंह ऐरको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। मृतक चन्दको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। चन्द नेपाली कांग्रेसवाट निर्वाचित वडा १ का अध्यक्ष हुन्।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   बडिमालिका नगरपालिकाका ५ जना वडाध्यक्षले दिए सामूहिक राजीनामा
सम्बन्धित पाेष्टहरु