The news from New Generation with new vision.

काठमाडौँका विभिन्न स्थानमा धनमाल चोरी

121

काठमाडौं । तारकेश्व र नगरपालिका-११ मनमैंजु डेरा गरी बस्ने नुवाकोट बिदुर नगरपालिका-७ घर भएकी ३६ वर्षीया नानी मैया सार्कीको कोठाबाट नगद १० हजार रुपैयाँ र सुनका गरगहना समेत गरी करिब १ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ।

यसैगरी काठमाडौं महानगरपालिका-३ बसुन्धारा डेरा गरी बस्ने काभ्रे रोशी गाउँपालिका-४ घर भएका बिदुर रायमाझीको कोठाबाट नगद ६० हजार रुपैयाँ र सुनका गरगहना समेत गरी करिब १ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको छ।

यसैगरी ललितपुर महालक्ष्मी नगरपालिका-३ बोझे पोखरी बस्ने रवि विष्टको घरबाट सुनका विभिन्न गरगहना र मोबाइल १ थान समेत गरी करिब २ लाख २३ हजार रुपैयाँ बरावरको धनमाल बुधबार दिउँसो चोरी भएको छ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको स्थानीय प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   आज शनिबार, निकै राम्रो छ यी राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
सम्बन्धित पाेष्टहरु