The news from New Generation with new vision.

ऐनाका सामु उभिएर यसरी आफै गर्नुहोस् आफ्नो भविष्यवाणी

180

एजेन्सी । मानिस सुरुदेखि नै जिज्ञासु स्वभावको हुने भएकाले सबै कुरा थाहा पाउने अपेक्षा राख्ने गर्दछ। केही कुरा उसले सजिलै थाहा पाउन सक्छ भने कुनै कुरा थाहा पाउन सकिदैनन्। ज्ञानको कमिका कारण मानिसले केही कुरा सजिलै थाहा पाउँदैन्। तर उमेर बढेसँग उ ज्ञानमा पनि परिपक्व हुने गर्दछ। आज मानिसले आउने वाला भविष्यका बारेमा पनि जान्न लागेका छन्। हर कोहीलाई भविष्यको चिन्ता हुने गर्दछ। आफ्नो भविष्य कस्तो हुने गर्दछ भन्ने बारेमा सबैलाई जान्ने चाहना हुने गर्दछ। तर भविष्यका बारेमा थाहा पाउन ज्योतिष विद्याको बारेमा ज्ञान हुन आवश्यक छ। आज हामी तपाईलाई ऐना हेरेर आफ्नो भविष्यका बारेमा धेरै कुरा थाहा पाउने तरिकाका बारेमा जानकारी दिदैछौँ।

यसरी थाहा पाउनुहोस् ऐना हेरेर आफ्नो भविष्यवाणी

१) टाउँकोको एक रोम कूपमा एकमात्र कपाल (रौँ) छ भने त्यसलाई शुभ मानिन्छ। यस्ता व्यक्तिलाई सबैभन्दा राम्रो मानिने गरिन्छ। यस्ता व्यक्तिको भविष्य निकै राम्रो हुने गर्दछ। तर टाउँकोको एक रोम कूपमा एकभन्दा बढी रौँ छ भने त्यस्ता व्यक्तिको शक्ति कम हुने गर्दछ। यस्ता व्यक्ति दुई विचार धाराका हुने गर्दछन्। यिनीहरु महत्वपूर्ण निर्णय असमर्थ हुने गर्दछन्।

२) जुन व्यक्तिको कपाल लगातार पालतो हुँदैजान्छ, त्यस्ता व्यक्तिलाई भविष्यमा निकै ठूलो लाभ प्राप्त हुने गर्दछ। यस्तो कपाल हुने व्यक्ति उत्तर स्वभावका, उदारता, प्रेम, दया, कोमलता, संकोच र संवेदनशील स्वभावका हुने गर्दछन्।

३) जुन व्यक्तिको कपाल लगातार मोटो र कडा हुँदै जान्छ, उनीहरुको सावधान हुनु पर्दछ। तर जुन व्यक्तिको कपाल जन्मजात नै यस्तो हुन्छ भने उनीहरु स्वस्थ र उच्च जीवनशक्ति भएका हुने गर्दछ। यिनीहरु भविष्यमा राम्रो नेतृत्वकर्ता बन्ने गर्दछन्।

४) यदी लगातार तपाईको कपाल नरम र सिधा हुने गर्दछ, यस्ता व्यक्तिको भविष्यमा कयौँ ठूला योजना आउने गर्दछन्।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   आज धन-सम्पत्ति, व्यापार-व्यवसाय तथा रोजगारका लागि निकै राम्रो यी ४ राशिको भाग्य हेर्नुहोस्
सम्बन्धित पाेष्टहरु