The news from New Generation with new vision.

पढ्न अस्ट्रेलिया गएका नेपाली युवक लुगा राख्ने दराजभित्र मृत फेला

काठमाडौँ । अध्ययनका लागि अस्ट्रेलिया पुगेका नेपाली विद्यार्थी स्वदेश सेढाई मृत फेला परेका छन्। सिड्नीको गिलफोर्डमा बस्दै आएका २१ वर्षीय सेढाई आफ्नै कोठाको लुगा राख्ने दराजभित्र मृत फेला परेका हुन्।

२ वर्ष अघि त्यहाँ पुगेका सेढाई सिड्नीस्थित युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीमा ब्याचलर अफ कम्युटर इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थी हुन्। अबेर रातिसम्म ठीक अवस्थामा देखिएका सेढाई बिहान अबेरसम्म नउठेपछि कोठामा हेर्दा मृत भेटिएका थिए।

हाल उनको शवलाई लिडकमस्थित मोर्गमा राखेको र आवश्यक कानुनी कारबाही पश्चात आफन्तलाई शव बुझाउने सम्बन्धित निकायले जनाएको छ। मृतकका परिवारलाई एनआरएनए तथा झापाली समाज अस्ट्रेलियाले आवश्यक सहयोग गर्न बताइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित पाेष्टहरु