The news from New Generation with new vision.

खाना खानेबित्तिकै यी काम नगर्नुहोस्

के तपाईं खाना खानेबित्तिकै घुम्नका लागि बाहिर निस्कनु हुन्छ ? खाना खाएपछि बाहिर निस्किहाल्ने बानी अधिकांशको हुन्छ । सामान्य रूपमा सोच्दा यस्तो गर्नु हानिकारक जस्तो लाग्दैन । तर, स्वास्थ्यका दृष्टिकोणले भने यो राम्रो होइन । स्वास्थ्य विशेषज्ञहरूका अनुसार खानापछि केही समय आराम गर्नुपर्ने हुन्छ । खाना खानेबित्तिकै पेटलाई असर पर्ने काम ग¥यौं पाचन प्रक्रिया गडबड हुन्छ । त्यसैले, बिहान खाना खाएपछि १५/२० मिनेट आराम गर्नुपर्ने स्वास्थ्यविद्हरूको सुझाव छ । खानापछि तुरुन्त गर्न नहुने केही कामहरू यहाँ उल्लेख गरिएको छ :

ब्रश गर्नु
खाना खानेबित्तिकै ब्रश गर्नु हुँदैन । यदि तपाईंले अमिलो हुने फल खानुभएको छ भने ब्रश गर्नाले दाँतको बाहिरी पत्र (इनामल) बाहिर निस्कन्छ । यसले गर्दा दाँतमा दीघकालीन समस्या देखिन सक्छ।

धेरै पानी पिउनु
खानेबित्तिकै धेरै पानी पिउनु हुँदैन। यसो गर्नाले पाचनक्रिया कमजोर बन्छ। साथै, ग्याष्ट्रिक, अजीर्णलगायत पेटको समस्यासमेत निम्तन्छ।

धूमपान गर्नु
धूमपान गर्नु हानिकारक हो। यो सबैलाई थाहा नै छ। तर, खाना खाएलगत्तै धूमपान गर्दा स्वास्थ्यमा अन्य बेलाको भन्दा बढी हानि पुग्छ । खानापछि शरीरको रक्त सञ्चार छिटोछिटो हुन्छ । यस्तो बेला ध्रूमपान गर्दा धूवाँले फोक्सो तथा किड्नीमा तीव्र खराबी ल्याउँछ।

हिँड्न निस्कनु
खाना खानेबित्तिकै हिँड्न निस्कँदा खानाबाट प्राप्त हुने पोषणतŒव राम्रोसँग हाम्रो शरीरले लिन पाउँदैन । यसो गर्दा पाचन प्रणालीले समेत राम्ररी काम गर्न सक्दैन ।

ड्राइभिङ गर्नु
खाना खाएपछि दिमागलाई केही बोझ पर्छ । खाना खानेबित्तिकै आफ्नो सबै ध्यान ड्राइभिङमा लगाउँदा खाना पचाउने क्रियामा दिमागको सहयोग पुग्न सक्दैन, जसकारण पेटसम्बन्धी समस्या हुन्छ ।

सुत्नु
खाना खानेबित्तिकै सुत्ने गर्नाले पाचनसम्बन्धी रोग लाग्न सक्छ । खाना खाएको कम्तीमा ३० मिनेटपछि सुत्नु स्वास्थ्यको दृष्टिकोणले उचित हो।

चिया पिउनु
चियामा एसिड पाइन्छ, जसले खानामा हुने प्रोटिन शरीरमा पच्न दिँदैन । साथै, यसले समयमै खाना पच्ने प्रक्रिया ढिलो गराउँछ।

नुहाउनु
खाना खानेबित्तिकै नुहाउँदा हात, खुट्टा तथा शरीरको रक्त प्रवाह पेटको आसपास बढ्ने÷घट्ने हुन्छ । यसबाट पाचन क्रिया सुस्त भई बिरामी पर्ने सम्भावना बढ्छ ।

जिम जानु
यदि खानेबित्तिकै जिम जानुभयो भने शरीरको मेटाबोलिज्म कम भई खाएको कुरा राम्रोसँग पच्दैन । खाना खाएगलत्तै शारीरिक कसरत गर्न असहज पनि हुन्छ ।

फलफूल सेवन
अन्य बेला फलफूल सेवन गर्नु अति नै राम्रो हो । फलफूल बहु गुणयुक्त खानेकुरा मानिन्छ । तर, खाना खानेबित्तिकै फलफूलको सेवनचाहिँ स्वास्थ्यवद्र्धक हुँदैन । यसो गर्दा ग्यास बढेर पेट फुल्न सक्छ । त्यसैले, खाना खाएको कम्तीमा आधा घण्टापछि मात्र फलफूल खाने गर्नुहोस् ।

पौडनु
खाना खानुभन्दा पहिले पौडनु राम्रो हो । खाना खानेबित्तिकै पौडिँदा पाचन क्रिया बिग्रन्छ । यस्तो गर्नाले मुखमा अमिलो पानी निस्कन सक्छ।

भ¥याङ चढ्नु
खाना खानेबित्तिकै भ¥याङ चढ्नु हुँदैन । यसो गर्दा खाना पचाउने जुसको असन्तुलित स्राव हुन्छ, जसबाट ग्याष्ट्रिकलगायत समस्या बढ्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित पाेष्टहरु