The news from New Generation with new vision.

श्रीमानसँग मिलेर प्रेमीको हत्या, खाल्डोभित्र भेटियो शव

176

कैलाली । कैलालीको चुरे पहाडी क्षेत्रको चुरे गाउँपालिका–६ मड गाउँकी कल्पना लामालाई आफ्ना प्रेमीको हत्या गरेको अभियोगमा प्रहरीले बिहीबार पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय (फलटुडे), कैलालीका प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार श्रीमान् लालबहादुर लामासँग मिलेर निज कल्पनाले प्रेमी अन्दाजी ४० वर्षीय कमल कुँवरको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको हो।

यही असार २२ गते कुँवरको हत्या गरेर आफ्नो घरदेखि ५० मिटरको दूरीमा रहेको खोलामा खाल्डो खनी पुरिएको अवस्थामा बिहीबार शव फेला परेको विश्वकर्माले बताए।

प्रहरीले कल्पनाका श्रीमान समेत पक्राउ गरेको छ। मृतक गुल्मी जिल्ला घर भई यस क्षेत्रमा मजदूरीको काम गर्दै आएको बुझिएको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   बन्दै गरेको मन्दिरको छत खसेर २ जनाको मृत्यु
सम्बन्धित पाेष्टहरु