The news from New Generation with new vision.

‘पोखराको अन्नपुर्ण केवलकार निर्माणमा बैंकको अबैध लगानी’

284

पोखरा । पोखरा महानगरपालिका वडा नं १८ स्थीत सेदीमा निमार्णाधिन अन्नपुर्ण केवलकारमा स्थानीय जग्गा धनी र केवलकार कम्पनीबिचको बिवाद सर्वोच्च अदालतमा बिचाराधिन रहेकै बेला बैंकले अवैध रुपमा लगानी गरेको पिडितहरुले आरोप लगाएका छन् ।

केवलकार निमार्ण गर्दा १३ वटा टावर रहेकोमा परिपथ र सो परिपथ आसपासको कानुनले तोकेको मापदण्ड भित्रको जग्गा परियोजनाले कानुन बमोजिम प्राप्त गरी निमार्ण गनुपर्ने हुन्छ । साथै बैंकले ऋण प्रवाह गर्दा कानुन बमोजिम छ, छैन स्पष्ट निरिक्षण गरेर मात्र ऋण प्रवाह गनुपर्नेमा सो कार्य नगरेको भन्दै पिडितहरुले बैंक र बैंकका कर्मचारीहरुप्रति आशंका ब्यक्त गरेका छन्।

पीडितहरुका अनुसार सरकारी बैंकले पनि सबै मापदण्ड नहेरी लगानी गरेको भन्दै बैंकको अबैध लगानी भएको आरोप लगाएका हुन् । केवलकार निमार्ण गर्दा आसपासको कानुनले तोकेको मापदण्ड भित्रको जग्गा परियोजनाले कानुन बमोजिम प्राप्त नगरेको भन्दै पिडित जग्गा धनिहरुले सर्वोच्च अदालतमा मुद्धा दायर गरेका थिए ।

२०७५।११।२२ मा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेर केवलकार परिपथको टावर २ को निमार्ण कार्य बन्द गर्न निर्देशन दिएको भएता पनि सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बाणिज्य बैंक र सनराइज बैंकले लगानी गरेको प्रति पीडितहरु रुष्ट भएका छन ।

बैंकले कुनै पनि परियोजनामा लगानी गर्नु भन्दा अगाडी परियोजनामा निजी ब्यक्तिहरुको जग्गा परेको छ छैन भन्ने बुझेर मात्र लगानी गनुपर्ने हुन्छ । तर राष्ट्रिय बाणिज्य बैंक र सनराइज बैंकले बिवादका बिषयमा जानकारी नै नलिई एकलौटि ढंगले संचालकको कुरालाई मात्र आधार मानेर लगानी गरेको भन्दै पिडितहरुले बैंकका कर्मचारीको मिलेमतो भएको आशंका ब्यक्त गरेका छन ।

न्याय नपाए पिडितहरु न्यायका लागी अख्तियारको ढोका सम्म पुग्ने तयारीमा रहेको पनि श्रोत बताउँछ । पिडितका अनुसार २।४ लाख लगानी गर्दा आवश्यकता भन्दा धेरै कागजात खोज्ने बैंकले अर्बको प्रोजेक्टमा लगानी गर्दा किन चार किल्ला , स्थानीयको स्वीकृति र निजी जग्गाको बिषयमा जानकारी राखेन ? यसबाट बैकका कर्मचारीको मिलेमतो रहेकोे र यसको स्पष्ट छानबिन गर्नुपर्ने पीडितहरुको माग रहेको छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   इन्जिनियर दिवसको अवसरमा तनहुँमा रक्तदान कार्यक्रम
सम्बन्धित पाेष्टहरु