The news from New Generation with new vision.

शिवहरी पौडेलको निर्देशनमा ‘लक्का जवान’ बन्ने

11

काठमाडौं । हाँस्यकलाकार शिवहरी पौडेलले पनि फिल्म निर्देशन गर्ने भएका छन् । ‘लक्का जवान’ नामक फिल्मबाट उनी ठूलो पर्दाको निर्देशक होमिन लागेका हुन्।

हालै राजधानीमा कलाकार किरण केसीको जन्मदिनको अवसर पारेर आयोजित एक कार्यक्रममा ‘लक्का जवान’ निर्माण घोषणा गरिएको हो ।

ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहने फिल्ममा सह निर्माताको रुपमा किरण र अभिनेता दीलिप रायमाझी रहेका छन् ।

फिल्ममा अभिनेता दीलिप रायमाझीको छोरी दिव्या अभिनेत्रीको रुपमा डेब्यु गर्ने चर्चा छ । आमा बंगालमुखी फिल्म प्रोडक्सन प्रा.लिको ब्यानरमा निर्माण हुने फिल्म पारिवारिक तथा कमेडी कथामा निर्माण हुने शिवहरीले जानकारी दिए ।

फिल्मको कलाकार र प्राबिधिक पक्षको अहिले छनौट भइरहेको शिवहरीको भनाई रहेको छ । ‘प्वाक्क मुखमा हान्नु जस्तो’ संवादले चर्चित शिवहरी फिल्मको छायाँकन पनि छिट्टै गर्ने आफ्नो कोसिर रहने बताउँछन् ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   छविराज र सिल्पाको मुद्दामा नयाँ मोड, छविकी अर्की पत्नीले हालिन बहुविवाहको मुद्दा
सम्बन्धित पाेष्टहरु