The news from New Generation with new vision.

ओखलढुङ्गाको मानेभज्याङमा बस दुर्घटना, ३ जनाको मृत्यु, १९ घाइते

84

ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभज्याङ गाउँपालिका ६ डढुवामा बस दुर्घटना हुदाँ ३ जनाको घटना स्थलमै मृत्यु भएको छ भने अन्य १९ जना घाइते भएका छन्।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ। काँकरभिट्टाबाट सोलुखुम्बु तर्फ जाँदै गरेको मे १ ख १८९१ नम्बरको बस सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनाका गम्भीर घाइते तीन जनालाई हेलिकप्टरमार्फत काठमाडौँ पठाईएको छ भने अन्यको उदयपुरको घुर्मीस्थित आस्था र जनसेवा मेडिकलहलमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   केन्याबाट १२ नेपाली चेलीको उद्दार
सम्बन्धित पाेष्टहरु