The news from New Generation with new vision.

छुट्टाछुट्टै स्थानमा तीन जना मृत अवस्थामा फेला

58

काठमाडौं । छुट्टाछुट्टै स्थानमा ३ जनाको शव फेला परेको छ ।

काठमाडौं, चन्द्रागिरी नगरपालिका–३ थानकोट सुनौलोबस्ती डेरा गरी बस्ने धादिङ धुनीबेसी नगरपालिका–९ घर भएका २४ वर्षीया उर्मिला तामाङ आफ्नै कोठामा आइतबार बिहान मृत अवस्थामा फेला परेकी छिन् ।

रामेछाप, लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँ बरडाँडा बस्ने ‍६५ वर्षीया सुन्तली सार्की सोही ठाउँस्थित भिरबाट खसेर मृत्यु भएको अवस्थामा आइतबार बिहान फेला परेकी छन् ।

झापा, दमक नगरपालिका–२ हुम्सेदुम्से सामुदायिक वनको जंगलमा इलाम चुलाचुली गाउँपालिका–५ बस्ने ५० वर्षीय अर्जुन राई आइतबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   कांग्रेसद्वारा तेस्रोपटक अनुशासनको कारबाही, को–को परे कारबाहीमा ? (सूचीसहित)
सम्बन्धित पाेष्टहरु