The news from New Generation with new vision.

ट्रकले म्याजिक भ्यानलाई ठक्कर दिँदा ३ जनाको मृत्यु, १३ घाइते

लहान । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहान नगरपालिका स्थित पड्रिया चोकमा सोमबार अपरान्ह ट्रकले म्याजिक भ्यानलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १ ज ७४५४ नम्बरको म्याजिक भ्यानले पड्रिया चोकमा रोकेर यात्रु चढाउँदै गरेका बेला सोही दिशाबाट जाँदै गरेको ना८ ख २४१५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिन पुगेको थियो।

ट्रकको ठक्करबाट म्याजिकमा सवार सिरहाको पुरानो चोहर्वा निवासी ४० बर्षीय गणपति महरा, सिरहाकै बरियारपट्टी गाउँपालिकाका ७० बर्षीया बचियादेवी राम र नाम ठेगाा नखुलेको एक महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी नायब निरीक्षक मनोज चौधरीले जानकारी दिए।

दुर्घटनामा अन्य १३ जना घाइते भएको र घाइतेहरुलाई उपचारको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल तथा नरसिंह होम र ६ जना गम्भीर घाइतेलाइ धरान पठाएको प्रहरी नायब निरीक्षक चौधरीले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   सोमबार, निकै राम्रो छ यी ८ राशिका लागि आजको दिन, हेर्नुहोस् दैनिक राशिफल
सम्बन्धित पाेष्टहरु