The news from New Generation with new vision.

सर्लाहीमा गोली चल्यो, एकको मृत्यु ११ घाइते

113

सर्लाही । सर्लाहीको ईश्वरपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको छ भने ८ प्रहरी र ३ जना प्रदर्शनकारीसहित ११ जना घाइते भएका छन् ।

मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका बाँके नदीमा अवैध ढुंगागिट्टी उत्खनन् गर्दा बनेको खाल्टोमा शनिवार डुबेर एक बालकको ज्यान गएपछि स्थानीयले त्यसको विरोधमा आइतबार प्रदर्शन गरेका थिए।

शनिबार ईश्वरपुर नगरपालिका वडा नम्बर १३ बस्ने लाले रायका १२ वर्षीय छोरा अमितकुमार यादवको खाल्डोमा डुवेर मृत्यु भएको थियो। खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि त्यसको विरोधमा क्षतिपुर्ति माग गर्दै स्थानीयले राजमार्ग अबरुद्ध गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।

झडपमा प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएपनि यो समाचार तयार पार्दासम्म उनको सनाखत हुन सकेको छैन।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   विपी स्मृति दिवसका अवसरमा नेविसंघद्वारा रौतहतका बाढीपीडितलाई राहत वितरण
सम्बन्धित पाेष्टहरु