The news from New Generation with new vision.

साँझ खेतमा काम गरिरहेको बेला चट्याङ लागेर ३ जनाको मृत्यु

444

भैरहवा । चट्याङ लागेर रुपन्देहीमा मंगलबार तीन जनाको मृत्यु भएको छ।

मृत्युु हुनेमा गैडहवा गाउँपालिका ७ का २५ वर्षीय भगवानदास लोध, कञ्चन गाउँपालिका–२ का ६० वर्षीय नन्दराम अर्याल र सैनामैना नगरपालिका–७ का ६२ वर्षीय चन्द्र बहादुर विक रहेका छन्।

साँझ घरखेतमा काम गरिरहेको बेला चट्याङ परेपछि उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

उपचारका क्रममा मणिग्रामस्थित क्रिमशन अस्पतालमा र अन्य दुईजनाको बुटवलस्थित प्रदेश अस्पतालमा मृत्यु भएको हो।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   बन्दै गरेको मन्दिरको छत खसेर २ जनाको मृत्यु
सम्बन्धित पाेष्टहरु