The news from New Generation with new vision.

उपमेयरको गाडीमा आगजनी

नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाले चढ्दै आएको सरकारी गाडीमा अज्ञात समूहले आगजनी गरेका छन्।

लु १ झ ३२१ नम्बरको स्कार्पियोमाथि अज्ञात समूहले गएराति आगजनी गरेको जिल्ला प्रहरी कार्यालय, नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ। आजगनीबाट गाडीको पछाडिको भाग सामान्य जलेको छ।

प्रहरीले घटनास्थलबाट विप्लव समूहको पर्चा भेटेको छ । यही आधारमा प्रहरीले आगजनीमा विप्लव समूह संलग्न रहेको अनुमान गरेको छ ।तर विप्लव समुहले यस घटनाबारे कुनै प्रतिक्रिया दिएको छैन्।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   नेविसंघको राँके जुलुसमा प्रहरी हस्तक्षेप, २१ जना कार्यकर्ता पक्राउ
सम्बन्धित पाेष्टहरु