The news from New Generation with new vision.

कोपनहेगनमा जनसम्पर्क समितिको विश्व स्तरीय प्रशिक्षण कार्यक्रम सुरु

डेनमार्क । नेपाली जनसम्पर्क समितिहरुको विश्व स्तरीय प्रशिक्षण कार्यक्रम डेनमार्कको राजधानी कोपनहेगनमा जुन २२ का दिनबाट सुरु भएको छ।

२३ तारिखसम्म चल्ने कार्यक्रमको पहिलो दिन नेपाली जनसम्पर्क समिति डेनमार्कको चौधौं वार्षिकोत्सवसँगै महत्वपूर्ण विषयहरुमा प्रशिक्षण भएको छ।

ग्लोबल वार्मीङ असर र जिम्मेवारी विषयमा डीआइपिडीका पूर्व डाइरेक्टर डेनमार्कको स्वास्थ्य प्रणाली नेपालका लागि शिक्षा विषयमा साउर्थन युनिभर्सिटी डेनमार्कका एशोसिएट प्रा. डा. अमृत राई तथा आधुनिक कृषि प्रणालीबारे सुरज ढकालले कार्यपत्र प्रस्तुति गरेका थिए।

नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले उद्घाटन गरेको कार्यक्रममा डा। शशांक कोइराला लगायत नेताहरुले सम्बोधन गरेका थिए।

नेपाली जनसम्पर्क समिति डेनमार्कका सभापति विरेन्द्र सिंह कार्कीको सभापतित्वमा भएको पहिलो कार्यक्रममा महामहिम नेपाली राजदूत युवनाथ लम्साल र गैर आवासीय नेपाली संघका अन्तर्राष्टिय उपाध्यक्ष कुल आचार्यले बोलको थिए।

यो पनि पढ्नुहोस् :   नयाँ दिल्लीमा भिषण आगलागी, कम्तीमा ४३ जनाको मृत्यु
सम्बन्धित पाेष्टहरु