The news from New Generation with new vision.

गोकर्णमा बस पल्टिदा एकजनाको मृत्यु, १० घाईते

काठमाडौं । गोकर्णमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

सुन्दरीजलबाट काठमाडौं आउँदै गरेको बस गोकर्णमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । मृत्यु हनुेको सनाखत हुन सकेको छैन । प्रहरीका अनुसार दुर्घटनामा अन्य १० जना घाइते भएको र उनीहरुको अवस्था सामान्य रहेको छ ।

बा १ ख ८७४४ नम्बरको बस गोकर्णस्थित रमझमचोक भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटना भएलगत्तै बसका चालक फरार रहेकाले खोजीकार्य भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   आइतबार, निकै राम्रो छ यी ८ राशिको भाग्य हेर्नुहोस्, दैनिक राशिफल
सम्बन्धित पाेष्टहरु