The news from New Generation with new vision.

सर्लाहीको लालबन्दीमा प्रहरी र विप्लव समूहबीच भिडन्त, जिल्ला इञ्चार्ज मारिए

काठमाडौं । सर्लाहीको लालबन्दीमा नेपाल प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ ।

प्रहरीको गोली प्रहारबाट एकजनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलले पुष्टि गरे । प्रहरीका अनुसार मृत्यु हुनेमा कुमार पौडेल रहेका छन् ।

पौडेल ‘विप्लव’ समूहको सर्लाही जिल्ला इन्चार्ज रहेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।

घटनास्थलमा जिल्लाबाट प्रहरी टोली गएको र थप विवरण आउन बाँकी रहेको छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   नाइट क्लबमा भेटिएपछि विमलसहित चार फुटबलर निलम्बित
सम्बन्धित पाेष्टहरु