The news from New Generation with new vision.

आँखी भौं हेरेर थाहा पाउन सकिन्छ महिलाको भाग्य र स्वभाव

काठमाडौं । समुद्रिक शास्त्रमा भनिएको छ कि कुनै पनि मानिसको आँखी भौं ले उसको स्वभाव र व्यक्तित्वका केही रहस्यहरु थाहा पाउन सकिन्छ। आँखी भौं को बनावट र रंगले कसैको आर्थिक अवस्था त कसैको मनका कुराहरु पनि पत्ता लगाउन सकिनेछ।

– समुद्रशास्त्रमा भनिएको छ स्त्रीको भौं चन्द्रमाको आकार जस्तो छ र दुवै भौं एक आपसमा टाढा छन् भने त्यो स्त्री एकदमै भाग्यमानी हुन्छिन्।

– शास्त्रका अनुसार जुन महिलाको भौं मोटो हुन्छ उनको स्वभाव रिसालु हुन्छ र बाठी पनि हुन्छ। तिनीहरु धनप्रति अत्यन्तै लोभी र अंहकारी हुन्छन्।

– जुन व्यक्तिको भौं तलपट्टी झुकेको हुन्छ अथवा बाङ्गो हुन्छ उसले जीवनमा निकै समस्याहरु भोग्नुपर्छ।

– जुन व्यक्तिको भौं आपसमा जोडिएको हुन्छ, ती निकै चतुर हुन्छ। उसले हरेक काम कुशलता पूर्वक गर्नेछ र मेहनतका साथ जिवनलाई विस्तारै अगाडी बढाउँछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित पाेष्टहरु