The news from New Generation with new vision.

विषाक्त रक्सी पिउँदा मलेसियामा एक नेपालीसहित ४ जनाको मृत्यु, ९ जना पक्राउ

काठमाडौँ । मलेसियामा विषाक्त रक्सी पिउँदा एक नेपालीसहित चार जनाको ज्यान गएको छ। रक्सीकै कारण एक मलेसियन नागरिकले आँखाको ज्योति गुमाएका छन्।

मृतक नेपालकिो परिचय नखुलेपनि उनी ३० देखि ३६ वर्षको भएको बताइएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले मिलुदियर ब्राण्डको रक्सी पिउँदा उनीहरुको ज्यान गएको बताइएको छ।

प्रहरीले यो घटनापछि एउटा समूह नै बनाएर विषाक्त रक्सी बेच्नेको खोजी गरिरहेको र अहिलेसम्म ९ जनालाई पक्राउ गरिएको जनाएको छ।

बाहिरबाट हेर्दा विषाक्त रक्सी नचिनिने हुँदा सावधानी अपनाउन मलेसियामा रहेको नेपाली दूतावासले यसअघि नै अनुरोध गरिसकेको छ।

गएको वर्ष असोजमा पनि विषाक्त रक्सीकै कारण मलेसियामा १० नेपालीसहित ३३ जनाको ज्यान गएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित पाेष्टहरु