The news from New Generation with new vision.

विवाहको केही वर्षपछि पत्नीसँग प्रेम कम भयो ? सदावहार प्रेम पाउन गर्नुहोस् यी काम

151

एजेन्सी । विवाहको केही सयमसम्म राम्रो चलेको सम्बन्धमा केही वर्ष वितेपछि तनाव उत्पन्न हुन थाल्छ। पहिले जत्तिकै प्रेम प्राप्त गरेको महशुस हुँदैन् । पछिल्लो समय धेरैको गुनासो यो हुने गरेको छ। यदी तपाईको वैवाहिक जीवनमा पनि पहिलेको जस्तो प्रेम प्राप्त नगरेको वा पत्नीसँग दूरी टाढा भएको महशुस भएको छ भने चिन्ता नलिनुहोस्। आज हामी तपाईलाई केही यस्ता उपायका बारेमा जानकारी दिदछौँ, जसबाट तपाईले फेरि पत्नीबाट पहिलेको जस्तो माया प्राप्त गर्न थाल्नुहुनेछ।

चुम्बन
प्रेम सम्बन्धलाई ताजा बनाइराख्नका लागि चुम्बन निकै जरुरी हुने गर्दछ। जीवन साथीलाई आँखामा हेरेर चुम्बन गर्न नभुल्नुहोला।

आइ लभ यु
प्रेमलाई जगाई राख्नका लागि बेला बेलामा आइ लभ यु शब्दको बोल्न कन्चुस्याइ नगर्नुहोस्। मौका मिल्नासाथ प्रेम व्यक्त गर्नुभयो भने तपाईको सम्बन्ध ताजा रहने गर्दछ।

हास्ने प्रयास
जीवनमा गम्भिर रहनु पर्दछ, तर हरेक समय तपाई गम्भिर रहनु भयो भने रुष्ट देखिनु हुनेछ। त्यसैले कहिले काही जोक्स भन्ने रमाई गर्ने र हास्ने प्रयास गर्नुहोस्। यसले तपाईको स्वास्थ्यसँग प्रेम सम्बन्धलाई पनि मजबुत बनाइराख्न सहयोगी हुने गर्दछ।

अंकमाल गर्नु
जीवन साथीलाई अंकमाल गर्न नभुल्नुहोस्। जब तपाईले अंकमाल गर्नुहुन्छ तब प्रेमको भरिने गर्दछ। रोमान्सलाई सबै ताजा बनाउनका लागि सबै भन्दा राम्रो उपाय अंकमाल हुने गर्दछ।

लामो यात्रा
आफ्नो जीवनसाथीसँग लामो यात्रामा जानुभयो भने तपाई निकै रोमान्टिक हुने गर्नुहुन्छ। यसो गर्दा तपाईको जीवन साथीसँग पहिलेको जस्तै ताजा रोमान्स महशुस तपाईले गर्न पाउनुहुनेछ। प्रयास गर्नुहोस् विहानको वाक र वेलुकीको डिनर साथमा गर्नुहोस्। यसले पनि तपाईको प्रेम ताजै रहन सहयोग गर्दछ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   महिनावारी हुँदा प्रयोग हुने मेन्स्ट्रूअल कप 'विश्वसनीय'
सम्बन्धित पाेष्टहरु