The news from New Generation with new vision.

गर्मी छल्न पौडी खेल्न गएका ३ युवकको नदीमा डुबेर मृत्यु

78

कपिलवस्तु । शिवराज नगरपालिका वडा नं. २ हल्लानगरमा रहेको सुरही नदीमा डुबेर ३ जना युवकको ज्यान गएको छ ।

गर्मी छल्न नदीमा पौडी खेल्ने क्रममा डुबेर ज्यान गुमाउनेमा विजयनगर गाउँपालिका वडा नम्बर ६ का १७ वर्षीय आशिष भट्टराई, १८ वर्षीय सुमित सुनार र १७ वर्षीय निरञ्जन भुषाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

युवकहरु डुबेको खबर पाएपछि नदीमा पुगेको प्रहरी टोलीले युवकहरुलाई मृत अवस्थामा पानीबाट बाहिर निकालेका थिए ।

अधिक गर्मी भएपछि गर्मी छल्ल उनीहरु नदीमा पौडी खेल्न गएका थिए । ३ युवकहरुको मृत्युपछि अहिले विजयनगर गाउँपालिका वडा नं. ३ शोकमा डुबेको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   कास्कीमा २० वर्ष अघि हत्या गरी फरार रहेका व्यक्ति पक्राउ
सम्बन्धित पाेष्टहरु