The news from New Generation with new vision.

कर्णाली नदीमा बोलेरो जीप खस्यो, उद्धारका लागि हेलिकोप्टर सहित सुरक्षाकर्मी परिचालन

34

सुर्खेत । कर्णाली नदीमा जीप खसेको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित कर्णाली नदीमा यात्रुबहाक जीप दुर्घटनाग्रस्त भएको हो ।

जीपमा कति यात्रु सवार थिए भन्ने यकिन नभएपनि जीपमा करिब १० जना सवार रहेको घटनास्थलमा खटिएका नेपाल प्रहरीका सहायक निरिक्षक सन्तबहादुर पालले नयाँपुस्तालाई जानकारी दिए ।

उनका अनुसार नदीमा खसेको जीपको खोजी भईरहेको र अहिले घटनास्थलमा ५ वटा हेलिकोप्टर सहित नेपाल प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगेको छ ।

बिस्तृत विवरण आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   नेकपा भरतपुर महानगरको इन्चार्जमा रेनु दाहाल चयन
सम्बन्धित पाेष्टहरु