The news from New Generation with new vision.

प्रधानाध्यापकको कुटाईबाट सर्लाहीमा छ जना विद्यार्थी घाइते

सर्लाही । सर्लाहीमा पनि शिक्षकको कुटाइबाट ६ जना विद्यार्थी घाइते भएका छन्।

सर्लाहीको बरहथवा नगरपालिका १ हजरियास्थित बागमती सामुदायक विद्यालयका कक्षा १ देखि ३ कक्षासम्म अध्यन गर्ने विद्यार्थीलाई सोही विद्यालयका प्रधानाध्यापक महेन्द्रप्रसाद रायले कुटपिट गरी घाइते भएका हुन्।

रायले विद्यार्थीलाई सोमबार बिहान बेहोस हुने कुटपिट गरेका थिए। प्रअ रायको कुटाइबाट कक्षा ३ मा पढने छात्र १० वर्षीय संजिप सहनी बेहोस भएका छन् भने उनीसँगै पढ्ने अरु पाँच जनाको शरीरको विभिन्न ठाउँमा गहिरो चोट लागेको छ।

बिहान प्रार्थना गर्न सिधा लाइन नबसेको भन्दै प्रअ यादवले विष्णुधर सहनी, गजेन्द्र सहनी, राजकिश्वर सहनी, कैलास सहनी र तेतरीदेवी सहनीलाइ लाठ्ठिले कुटेर घाइते बनाएको वरहथवा नगरपालिका १ का वडा अध्यक्ष रत्नबहादुर गिरीले जानकारी दिए। घाइते मध्य बेहोस भएका संजिप सहनीको बरहथवामा रहेको भेनस हेल्थ कियस सेन्टरमा उपचार भैइरहेको छ।

केही हप्ताअघि मात्रै शिक्षिकाको कुटाइबाट रोल्पाको रुन्टीगढी गाउँपालिका–८ मगरगोरीस्थित भानु आधारभूत विद्यालयका १४ जना विद्यार्थी घाइते भएका थिए।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   हिन्दु राष्ट्र कायम गर्न माग गर्दै ७२ घण्टे सत्याग्रह
सम्बन्धित पाेष्टहरु