The news from New Generation with new vision.

आज मंगलबार, निकै राम्रो छ यी राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

3,197

आजको पञ्चाङ्ग
मिति २०७६ असार ३ गते मंगलबार। इस २०१९ जुन १८, शकसंवत् १९४१, परिधावी संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेसं ११३९ तछलागा। आषाढ कृष्णपक्ष। प्रतिपदा तिथि । सूर्योदय– ५ः१० बजे, सूर्यास्त– १९ः०० बजे ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
सामाजिक कार्यमा उत्तरदायी भूमिका निर्वाह गर्ने अवसर मिल्नेछ । शुभ कार्य गर्नुअघि सूर्य सुताए सनमें नमः मन्त्र २३ पटक जप गर्दा लाभ मिल्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यवसाय बढ्ने तथा रोजगारीको अवसर मिल्ने योग छ । प्रेम सम्बन्ध राम्रो हुनेछ । काममा सफलता मिल्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
सामाजिक उत्तरदायित्व बहन गर्दै जाँदा फाइदा हुनेछ । जिम्मेवारी पूर्ण काम हात पर्ने योग छ । आँटेका काम सजिलै बन्नेछन् । धन हानी हुन सक्छ सावधानी अपनाउनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
धन, धर्म, भाग्य र कर्ममा हानी पुग्ने योग छ । सानो तिनो काम र घरेलु काममा नै आजको समय बित्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
दाम्पत्य सम्बन्धमा सुधार होला । पठन पाठनमा सुधार हुनेछ । बाल बच्चाबाट सुख सन्तोष प्राप्त होला । जिवनसाथी वा आमाको माया प्राप्त होला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
स्वास्थ्यका दृष्ट्रीले समेत यो शुभ छैन । आर्थिक लाभ हुने पारिवारिक सामाजिक काम सन्तोषजन रहेको छ । प्रेमिकासँगको सम्बन्ध उत्तम छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
काम धन्दा र व्यवसायका लागि काम गर्ने राम्रो बातावरण बन्ने छ । बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्ला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
मान्यजनको सुझाब बमोजिम काम गर्न सकेमा फाईदा होला । परिश्रम गरेमा आम्दानी र सिद्धि प्राप्ती हुनेछ । प्रेम सम्बन्धमा सफलता मिल्ने देखिन्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आँटे तोकेका काममा आफन्तको राम्रो सहयोग र सुझाब प्राप्त हुनेछ । साथिभाईको सम्बन्ध आत्मिय रहनेछ । धन लाभ हुनेछ ।

यो पनि पढ्नुहोस् :   अबको दुई महिनामा नेपालमा बनेको 'पानीजहाज सञ्चालनमा आउने'

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आजको विचार र योजनालाई रचनात्मक रुपमा प्रदान गर्ने प्रयास गर्दा राम्रो होला । नाम दाम प्रतिष्ठा र पुरस्कार प्राप्त हुने योग छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
काममा विशेष सफलता प्राप्त होला । आभूषण श्रृँगारका सामान फेस डिजाईनर र सञ्चार क्षेत्रका लागि राम्रो सफलता मिल्ला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
घर परिवार र मान्यजनबीचको सम्बन्ध त्यति राम्रो छैन । प्रेम प्रेमिकाबीचको सम्बन्ध भने राम्रो रहला । शरीरमा स्फुर्ती र उमङ्ग जागेर आउने छ । पठन पाठनमा सफलता मिल्ला ।

नोटः ज्योतिष बास्तुसँग सम्बिन्धित कुनै पनि समस्या छन् र ज्योतिष सम्बन्धि सल्लाह लिन चाहनुन्छ भने हामीलाई सम्झनुहोस्।

विन्ध्यवासिनी ज्योतिष सेवा सदन, पोखरा

युवा तथा गणितिय ज्योतिष भवेश भट्टराई

सम्पर्कः ९८४६८५५२११, ९८२७१२२०२७

विन्ध्यवासिनी भगवती मन्दिरमा पूजाआजा हुने दैनिक कार्यतालिका

१) विन्ध्यवासिनी भगवतीको प्रातः कालिन नित्यपूजा ४ः३० देखि ५ः४५ बजेसम्म हुनेछ।
२) नित्यपूजा पश्चात मात्र दर्शनार्थीहरुका लागि मन्दिर ६ः०० बजे खुल्ला रहनेछ।
३) ११ः४५ देखि १२ः०० बजेसम्म मध्याह्न पूजा हुनेछ।
४) दिउँसो १२ः०० बजेदेखि १ः०० बजेसम्म मन्दिर बन्द रहनेछ।
५) ३ः०० बजेदेखि ४ बजेसम्म मन्दिर सरसफाइ हुनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित पाेष्टहरु