The news from New Generation with new vision.

हातखुट्टा बाँधेर नदीमा पसेका जादुगर बेपत्ता

भारत । भारतका एक प्रख्यात जादुगर हातखुट्टा बाँधेर जादु देखाउन नदीमा छिरेपछि बेपत्ता भएका छन्। उनको मृत्यु भएको आशङ्का गरिएको छ।

पश्चिम बङ्गालको कोलकातास्थित हूग्ली नदीमा छिरेका चञ्चल लाहिरी सुरक्षित रूपमा बाहिर आउने अपेक्षा गरिएको थियो। तर उनी पानीभित्रै हराए। मानिसहरू उनी पानीमा छिरेको हेर्न जम्मा भएका थिए। तर पछि ती जादुगर बाहिर ननिस्किएपछि उनीहरूले प्रहरीलाई खबर गरे। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

छवटा ताला लगाइएको साङ्लोले उनको खुट्टा बाँधिएको थियो। उनलाई एउटा डुङ्गाबाट पानीमा ओरालिएको थियो। नदीमा दुईवटा डुङ्गामा बसेर तथा माथि पुल र नदी किनारमा भेला भएर मानिसहरूले त्यो रमिता हेरेका थिए।

प्रहरी र गोताखोरहरूले नदीमा आइतवार साँझ खोजी गरेका थिए। तर लाहिरी भेटिएनन्। एक अधिकारीले हिन्दूस्तान टाइम्स पत्रिकालाई बताएअनुसार शव नभेटिएसम्म उनलाई मृत घोषणा गर्न सकिँदैन।

किन गरे जोखिमपूर्ण जादु ?
एउटा स्थानीय पत्रिकाका लागि फोटो खिच्ने जयन्त पनि लाहिरीको जादु हेर्न गएका थिए। जादुको काम सुरु हुनुभन्दा अगाडि आफूले लाहिरीसँग कुरा गरेको उनले बताए। उनी भन्छन्, मैले किन ज्यान जोखिममा पारेर जादु देखाउन लागेको भनेर सोधेको थिएँ। उनी हाँसे र भने, मैले राम्ररी गरे भनेँ यो जादु हुन्छ। मैले गल्ती गरेँ भने यो दुस्खान्त हुन्छ।

ती जादुगरले मानिसहरूमा जादुप्रति रुचि जगाउन त्यसो गर्न खोजेको शलाई बताएका थिए। पानीभित्र जोखिमपूर्ण जादु देखाउने यो उनको पहिलो प्रयास भने थिएन। बीस वर्षअघि एउटा सिसाको बाकसमा राखेर उनलाई पानीभित्र छोडिएको थियो। त्यतिबेला उनी सकुशल बाहिर आएका थिए। शले त्यो जादु पनि हेरेका थिए।

उनी यसपालि पानीबाहिर आउँदैनन् भन्ने मैले कल्पना पनि गरेको थिइनँ, उनले भने।बीबीसीको सहयोगमा

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   यसरी लगाउनुहोस् लिपस्टिक, आकर्षक देखिन्छ !
सम्बन्धित पाेष्टहरु