The news from New Generation with new vision.

आज धनको वर्षा हुने यी ४ राशिको भाग्य हेर्नुहोस्

आज मिति २०७६ साल असार ०१ गते, आइतबार, ईश्वी सन् २०१९ जुन १६ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । ज्येष्ठ शुक्लपक्ष । तिथि चतुर्दशी

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
समय मध्यम खालको छ। विदेश र उपलब्धीमूलक यात्रा हुनेछ। गीत संगीतमा मन जानेछ। धन लाभ भएपनि मनमा हजारौँ चिन्ता उत्पन्न हुनसक्छ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आय आर्जनका स्रोत बढ्नेछन् । तर दैनिक गरिराख्ने काममा भने त्यति राम्रो हुने छैन्। इष्टमित्रबाट विशेष सहयोग मिल्नेछ। तर अनुहारमा चिन्ता र निरासा छाउला।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
परिवारजनको सहयोग मिलेतापनि मनमा चिन्ता होला । साथीभाईसँग सहकार्य गरेर गरेका कामले धन लाभ होला । पठन पाठनमा बाधा उत्पन्न होला । बन्दै गरेको सम्बन्ध पनि तोडिन सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
पैसा तथा बहुमुल्य सम्पत्ति हात लाग्न सक्छ । स्वास्थ्यमा सुधार होला । प्रेम सम्बन्धमा मनमुटाव होला । साँझपख भने शुभ खबर सुन्न पाईएला।

कमेन्ट गर्नुहोस्
सम्बन्धित पाेष्टहरु