The news from New Generation with new vision.

गण्डकी प्रदेशमा ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजारको बजेट प्रस्तुत

रिजन नेपाल

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का ३२ अर्ब १३ करोड ४७ लाख ९२ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले आइतबार प्रदेश सभामा सो बराबरको बजेट विनियोजन गरेको हुन्।

चालुतर्फ १२ अर्ब २८ करोड ५७ लाख ७२ हजार र पुँजीगतर्फ १९ अर्ब ८४ करोड ९० लाख २० हजार रुपैयाँ रहेको छ । कुल बजेटमा पुँजीगततर्फ विनियोजन रकम करिब ६२ प्रतिशत र चालु खर्चतर्फ ३८ प्रतिशत रहेको छ।

आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने समानीकरण अनुदान ७ अर्ब ११ करोड २२ लाख, सशर्त अनुदान ५ अर्ब ३५ करोड १६ लाख, समपूरक अनुदान ७५ करोड, विशेष अनुदान ७५ करोड, राजश्व बाँडफाँटबाट प्राप्त हुने ७ अर्ब ७० करोड ५१ लाख, रोयल्टी वापत प्राप्तहुने ४० करोड, आन्तरिक राजश्वबाट ३ अर्ब २७ करोड ७५ लाख बेहोर्दा ६ अर्ब ७३ करोड ८३ लाख ९२ हजार न्यून हुनेछ।

सो न्यून पूर्ति गर्न चालु आवको असार मसान्तसम्म खर्च भइ बाँकी रहने नगद मौज्दात ४अर्ब ८० करोड उपयो गरिने जनाइएको छ । राजश्व, अनुदान र नगद मौज्दात उपयोग गर्दा अनुग हुने खुद १ अर्ब ९८ करोड ८३ लाख न्यून हुनेछ।

न्यून हुन जाने ९८ करोड ८३ लाख आन्तरिक ऋणबाट बेहोरिनेछ भने आन्तरिक ऋणबाट अपुग हुने १ अर्ब नेपाल सरकारबाट ऋण लिइने प्रस्तुत बजेटमा उल्लेख छ । समृद्ध प्रदेश निर्माणका आधारमा पर्यटन, उर्जा, कृषि, उद्योग, पूर्वाधार, सिर्जनशील, मानव पुँजी निर्माण तथा विकास र सुशासन रहेका छन्।

विनियोजित बजेटबाट पूर्वाधार विकास, पर्यटन क्षेत्रको एकीकृत विकास, कृषि क्षेत्रको आधुनिकीकरण, जलस्रोतको बहुआयामिक उपयोग तथा नवीनकरणीय उर्जाको विकास, उत्पादनमूलक उद्योग क्षेत्रको विकास, स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षाको ग्यारेन्टी, मान संशोधनको विकास र सुशासनको प्रत्याभूतिमा उच्च प्राथमिकता दिइएको छ।

यो पनि पढ्नुहोस् :   चेकमै अंक थपेर प्रहरी जवानले बैंक ठगे

सो उद्देश्य प्राप्तिका लागि नीति कानुनको तर्जुमा तथा सांगठानिक संरचनालाई सुदृढ गर्नु, उत्पादन र उत्पादकत्व वृद्धि गरी सवल अर्थतन्त्र निर्माण गर्नु, रोजगारीको अवसर सिर्जना गरी गरीबि न्यूनीकरण गर्नु, पूर्वाधार विकासमा समन्यायिक तथा सन्तलित लगानी गरिने जनाइएको छ।

विनियोजित बजेटमा पर्यटन क्षेत्रको एकीकृत विकास गर्ने गुरुयोजना तयार गर्न १ करोड विनियोजित गरिएको छ। साथै पर्यटन क्षेत्रका कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न पर्यटन कार्यालय तथा पर्यटन कार्यालय तथा पर्यटन सूचना केन्द्र स्थापना गर्न ५ करोड विनियोजित छ।

सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष सम्पन्न गर्न तथा सन् २०२० लाख छिमेकी आकर्षण पर्यटन वर्षको रुपमा मनाउन १ करोड, प्रदेश पर्यटन आकर्षक क्षेत्रको रुपमा घोषणा भएका ११० पर्यटन गन्तव्यमध्ये प्रत्येक जिल्लामा ४ गन्तव्य छनोट गरी ४४ गन्तव्यमा पूर्वाधार विकास गर्न १७ करोड विनियोजित छ।

कृषितर्फ मुख्यमन्त्री जलवायुमैत्री नमूनाकृषि गाउँ स्थापना गर्ने कार्यक्रमलाई परिमार्जन सहित स्तिार गर्न १६ करोड ८९ लाख, एक सहकारी एक नमूना उत्पादन कार्यक्रमलाई निरन्तरतादिइएको छ।

औद्योगिक तर्फ एक स्थानीय तह, एक औद्योगिक ग्राम स्थापना कार्यक्रमलाई निरन्तरतादिँदै ६ अर्ब विनियोजित गरिएको छ भने सहरी विकासतर्फ बहुउद्देश्यीय सामुदायिक सभाकक्ष निर्माणका लागि १९ करोड, सडक यातायातर्फ पोखरा महानगरपालिकासँग सहकार्य गरी अत्याधुनिक मेट्रो बस टर्मिनल तथा प्रदेश बसपार्क निर्माणको सम्भाव्यता अध्ययनको लागि आवश्यक बजेट विनियोजित गरिएको मन्त्री गुरुङले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित पाेष्टहरु