The news from New Generation with new vision.

आज शनिबार, निकै राम्रो छ यी राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

2,578

आजको पञ्चाङ्ग

मिति २०७६ जेठ ३२, शनिबार, इस २०१९ जुन १५। शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण। ग्रीष्म ऋतु, नेसं ११३९ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। त्रयोदशी तिथि

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
परिवारका सदस्यहरुबीच सामान्य मतमेद हुनसक्छ। स्वास्थ्यको ख्याल राख्नुहोला । मान्यजनबाट सम्मानित हुने योग रहेको छ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
रोकिएका कामहरु बन्लान् । व्यापार व्यवसायमा सफलता मिल्ला । मनमा तनाब उत्पन्न हुनेछ । साथीभाईसँगको सम्बन्ध मध्यम रहनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
परिवारबीचको आन्तरिक कुरा बाहिरिन सक्छ । दुखको समाचार सुन्नुपर्ला । हतारमा गरेका कामले मानहानी हुनसक्छ । आज बिहान भन्दा साँझको समय शुभ रहेको छ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
स्वास्थ्य उपचारमा धन खर्च होला । खानपानमा विशेष ध्यान दिनुहोला । अनावश्यक वादविवादबाट टाढै रहनुहोला । पूरानोे प्रेमिकासँग सम्बन्ध सुधार हुन सक्छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
धन सम्पत्तिका लागि लाभदायी रहेको छ । आजको दिन निकै शुभ छ । साँझपख भने अचानक धन खर्च हुनसक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
धार्मिक स्थानको यात्रा हुनसक्छ । स्वास्थ्यमा समस्या देखिनसक्छ । नसोचेको स्थानबाट धन लाभ होला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
संगीत क्षेत्रमा रुची बढ्ने छ । ज्ञानगुनका कुरा भन्दा हाँसो मजाब बढी हुनेछ । टाढाको यात्रा असफल होला । आजको दिन खर्चालु रहेको छ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
लामो तथा छोटो दुरीको यात्रा हुनसक्छ । दाम्पत्य जिवनमा बाधा व्यावधान उत्पन्न होलान् । चन्द्रमा कमजोर भएको हुँदा आगो र पानीबाट सतर्क रहनु बेस होला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
परिवारजनको सहयोग प्राप्त होला । घुमफिरका लागि लाभदायक रहेको छ। आकस्मिक धन लाभ हुनसक्छ । आजको दिन शनिको पूजा गर्नाले दिन शुभ बित्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आँटे ताकेका कार्यहरु कठिन तबरले पूरा होलान् । पैसा तथा बहुमुल्य सम्पत्ति हात लाग्न सक्छ । शान्त र एकान्त वातावरणमा रमाउने योग रहेको छ।

यो पनि पढ्नुहोस् :   आज बिहीबार, निकै राम्रो छ यी राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
स्वास्थ्यमा सुधार आउला । पितृको आर्शिवाद मिल्नेछ । धन हानी हुनसक्छ । प्रेम सम्बन्ध निकै शुभ रहेको छ । कामको प्रतिफल तत्काल प्राप्त होला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
खेलकुद क्षेत्रमा सफलता मिल्ला । मनका इच्छाहरु पूरा होलान् । साथी प्रतिको माया बढ्नेछ । नयाँ कार्य सिद्दिको योग रहेको छ । आजको दिन शुभ छ ।

नोटः ज्योतिष बास्तुसँग सम्बिन्धित कुनै पनि समस्या छन् र ज्योतिष सम्बन्धि सल्लाह लिन चाहनुन्छ भने हामीलाई सम्झनुहोस्।

विन्ध्यवासिनी ज्योतिष सेवा सदन, पोखरा

युवा तथा गणितिय ज्योतिष भवेश भट्टराई

सम्पर्कः ९८४६८५५२११, ९८२७१२२०२७

विन्ध्यवासिनी भगवती मन्दिरमा पूजाआजा हुने दैनिक कार्यतालिका

१) विन्ध्यवासिनी भगवतीको प्रातः कालिन नित्यपूजा ४ः३० देखि ५ः४५ बजेसम्म हुनेछ।
२) नित्यपूजा पश्चात मात्र दर्शनार्थीहरुका लागि मन्दिर ६ः०० बजे खुल्ला रहनेछ।
३) ११ः४५ देखि १२ः०० बजेसम्म मध्याह्न पूजा हुनेछ।
४) दिउँसो १२ः०० बजेदेखि १ः०० बजेसम्म मन्दिर बन्द रहनेछ।
५) ३ः०० बजेदेखि ४ बजेसम्म मन्दिर सरसफाइ हुनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित पाेष्टहरु