The news from New Generation with new vision.

गायक छन्त्यालको मोडल रिनासँग माया बसेपछि … (भिडियोसहित) 

काठमाडौं । लोकगायक युवराज छन्त्यालको नयाँ गीत ‘माया गरम भो’ बोलको गीत बजारमा आएको छ ।

गायक छन्त्यालको आफ्नै लय तथा शब्द रहेको ‘माया गरम भो, तिम्रो हाम्रो जोडी मिल्छ बिहे गरम भो’ बोलको गीतमा गायिका सहिमा श्रेष्ठले साथ दिएकी छिन् । गीतले माया, प्रेमको भावलाई प्रस्तुत गर्न खोजेको छ ।

प्रदेशमा बसेर नेपाली लोकगीत संगितलाई माया गर्ने छन्त्यालका चाइना तिर जाम, लास्टै टेन्सन भो लगायतका गीतहरुले चर्चा बटुलिसकेका छन् । यस्तै गायिका श्रेष्ठले स्वर दिएका ‘डोला डोला हातमा मेहन्दी भरेछौ’, पिक्टर हिट लगायतका गीतहरु हिट छन् ।

काठमाडौंको फर्पिङ आसपासका रमणीय स्थानमा सुटिङ गरिएको यस गीतमा सन्दिप न्यौपाने र रिना थापा मगरको अभिनय देख्न सकिन्छ ।

प्रकाश भट्टको निर्देशन रहेको भिडियोलाई राजेश घिमिरेले खिचेका हुन् । गायक छन्त्याल लामो समयदेखि कतारमा रहेर पनि मोलिक लोकगीतसंगीत बजारमा पस्किरहेका छन ।

गीतको भिडियो हेर्नुहोस् :

https://www.youtube.com/watch?v=en_0SZ84BqA&feature=share

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   महानायक राजेश हमालको जापानमा भयो चर्चा (भिडियो)
सम्बन्धित पाेष्टहरु