The news from New Generation with new vision.

आज बुधबार, निकै राम्रो छ यी राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

1,205

आज मिति २०७६ जेठ २९, बुधबार इस २०१९ जुन १२। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेसं ११३९ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष, दशमी, १९ः२७ उप्रान्त एकादशी। सूर्योदय– ५ः०९ बजे, सूर्यास्त– १८ः५८ बजे र दिनमान ३४ घडी ३२ पला।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

नोकरी पशुपालन तथा व्यापारमा संलग्न व्यक्तिका लागि आजको दिन अनुकुल रहनेछ। अध्ययन अध्यापन कार्यमा बाधा उत्पन्न हुने छ। भेग विलासीमा मन जाने छ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

दुख र झमेला व्यहोर्नु परेपनि आज आम्दानीको बाटो राम्रो रहेको छ। खनपानले दिनभरी कमाएको धन सकिन सक्छ। प्रेम सम्बन्धमा भने राम्रो हुनेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

आज चिन्तन र अध्ययनका लागि त्यति राम्रो छैन्। व्यापार व्यवसायमा भने सामान्य छ। अनावश्यक कुरामा दिन वित्नेछ भने विहानको समय भन्दा साँझको समय बढी निरासा जनक रहनेछ। चेट पटक लाग्न सक्छ, सावधान रहनुहोला।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

घरमा बस्नेले पारिवारीक सुख प्राप्त हुनेछ भने छोटो दुरीको रमाइलो यात्रा पनि गर्ने अवसर छ। व्यापार क्षेत्रमा फाइदा हुने योग रहेको छ। रिसलाई नियन्त्रणमा राख्नु फाइदाजनक हुनेछ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

समय मध्ययम खालको छ । राम्रो समाचार सुन्न पाउनुहोला । आजको गरेको थोरै प्रयासले विदेश तथा स्वदेशमा उपलब्धिमुलक यात्रा हुनसक्छन् । व्यापारी र कर्मचारीका लागि आजको दिन आरामदायी हुनेछ । साँझपख नसोचेको धन लाभ हुनसक्छ । खूशीले सिमा नाघ्ने छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आजको दिन मध्यम खालको छ । वैदेशिक व्यापार, कृषि व्यवसाय नोकरी गर्नेका लागि सन्तोष जनक छ भने विद्यार्थीका लागि खासै राम्रो छैन । अरुले गरेका गलत कामको दोष आफुँलाई आउने छ । नसोचेका कुराले दुख मिल्न सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

दिन मिस्रित फलदायी रहेको छ । आय आर्जनमा राम्रै वृद्धि होला । साँझपख अचानक धन लाभ हुन सक्छ । दामपत्य जिवनमा बढी खूशी मिल्नेछ । राजनीतिक क्षेत्रका लागि भने खासै राम्रो छैन । चिन्ताले सताउन सक्छ ।

यो पनि पढ्नुहोस् :   यस्तो देखियो जिवेश, रियासा अभिनित म्युजिक भिडियो (भिडियोसहित)

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

दिनको सुरुवातमा मन खिन्न भएपनि क्रमस समयसँगै समस्या समाधान हुँदै जानेछन् । बेलुका मनोरञ्जन खेलतिर मन जाने छ । मुल्याङ्कन गर्न जाँगर चल्नेछ । हातमै आएको धन पनि फुत्कन सक्छ । प्रेम सम्बन्ध भने उत्तम रहने छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

राम्रो समय आएको छ। सामाजिक तथा सांस्कृतिक कार्यमा सहभागी हुने अवसर जुट्ने छ। विशेष काममा मन जाने छ। धार्मिक काममा आस्था जाग्नेछ । सत्रुहरु पराजित हुनेछन् । सानोतिनो यात्रा हुन सक्छ । मुद्दा मामिलाको झमेलामा फँसिएला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आज मकर राशिका लागि समय शुभ रहेको छ। समाजसेवा गर्दा प्रशंसा मिल्ला । कामको दायित्व थपिएला । धैर्य गर्नुहोस् परिवारमा धार्मिक कार्यहरु हुनेछन् । धार्मिक कार्यका लागि तपाई स्वयम् लाग्नुपर्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आज उज्यालो वा सेतो गाईलाई खानेकुरा खुवाएर मठ मन्दिरको दर्शन गरेमा नसोचेका कार्यमा सफलता मिल्ला । नसोचेका कार्यहरु पूरा होलान् । समाजसेवामा प्रशंसा मिल्ला । शुभ संकेतहरु प्राप्त हुनेछन् ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

प्रतिकुल समय चल्दै छ । मनमा शान्ति र आनन्द छाउनेछ । पेट र नसा सम्बन्धी रोग देखा पर्ला । आँखाको समस्याले सताउला । लामो दुरीको यात्रा नगर्नु बेस होला । देवीको पूजा गर्दा मनको अशान्ति हटेर जानेछ ।

नोटः ज्योतिष बास्तुसँग सम्बिन्धित कुनै पनि समस्या छन् र ज्योतिष सम्बन्धि सल्लाह लिन चाहनुन्छ भने हामीलाई सम्झनुहोस्।

विन्ध्यवासिनी ज्योतिष सेवा सदन, पोखरा

युवा तथा गणितिय ज्योतिष भवेश भट्टराई

सम्पर्कः ९८४६८५५२११, ९८२७१२२०२७

विन्ध्यवासिनी भगवती मन्दिरमा पूजाआजा हुने दैनिक कार्यतालिका

१) विन्ध्यवासिनी भगवतीको प्रातः कालिन नित्यपूजा ४ः३० देखि ५ः४५ बजेसम्म हुनेछ।

२) नित्यपूजा पश्चात मात्र दर्शनार्थीहरुका लागि मन्दिर ६ः०० बजे खुल्ला रहनेछ।

३) ११ः४५ देखि १२ः०० बजेसम्म मध्याह्न पूजा हुनेछ।

४) दिउँसो १२ः०० बजेदेखि १ः०० बजेसम्म मन्दिर बन्द रहनेछ।

५) ३ः०० बजेदेखि ४ बजेसम्म मन्दिर सरसफाइ हुनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित पाेष्टहरु