The news from New Generation with new vision.

स्कुलमा खेलिरहेका ४ बालबालिकाको शौचालएको सेप्टी ट्याङ्कीमा खसेर मृत्यु

95

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका ४ सिप्टीस्थित गणेश विनायक माध्यमिक विद्यालयको सेप्टी ट्याङ्कीमा खसेर ४ बालबालिकाको मृत्यु भएको छ ।

४ ५ वर्ष पहिले बनेको शौचालयको सेप्टी ट्याङकी माथि थुपारिएको माटोमा खेलिरहेका बालबालिकाहरु ट्याङ्कीमा झरेको प्रहरीले जनाएको छ ।

विद्यालय बन्द रहेको समयमा मंगलबार साढे ४ बजेतिर शौचालयको छतमा खेल्दा अन्दाजी ५ देखि १० वर्ष उमेरका बालबालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा निरुता ठगुन्ना, अनुष्का धामी, सुदिश धामी र युनिका ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   झापामा भूतले ढुंगा हानेर तर्सायो भन्दै प्रहरीको शरणमा पुगे परिवार (भिडियो)
सम्बन्धित पाेष्टहरु