The news from New Generation with new vision.

अब पोखरेलीलाई शुद्ध पानी, ५ अर्बको अनुदानमा पानी छान्ने पोखरी शिलान्न्यास

48

रिजन नेपाल

पोखरा । पोखरेलीले धमिलो पानी पिउन बाध्य भएको चार दशकपछि मात्र शुद्ध पानीको अवसर पाउने भएका छन् । अबको २ वर्षपछि अधिकांश पोखरेलीले धमिलो पानी पिउनु पर्ने छैन ।

जापान सहयोग नियोग (जाइका) को ४ अर्ब ८१ करोड ३० लाख अनुदान सहयोगमा बन्न लागेको पानी छान्ने पोखरी (स्लो स्याण्ड फिल्टर) बाट अब पोखरेलीले फिल्टेशन गरेको पानी पिउन सक्ने छन् ।

खानेपानी मन्त्री वीना मगर र नेपालका लागि जापानी राजदुत मासामिची सैगोले पोखरा–१९ स्थित पुरञ्चौरमा खोलाको पानी छान्ने पोखरी मंगलबार संयुक्त शिलान्न्यास गरेका छन् ।

आयोजनाअनुरुप मर्दी खोलाको पानी पहिलो चरणमा छान्ने काम हुनेछ । त्यसपछि ३२ इन्चको पाइपबाट करिब ३ किलोमिटर वरको दुरीमा पुरुञ्चौरस्थित स्लो स्याण्ड फिल्टरबाट पानी सिधैँ पिउन मिल्नेछ । स्याण्ड फिल्टरले दैनिक साढे ४ करोड लिटर प्रशोधन गर्ने जनाइएको छ ।

पुरुञ्चौरबाट शुद्धिकरण गरिएपछि २० इन्चको ४ वटा पाइपबाट पोखरामा रहेका रिजर्भायर ट्यांकीमा पठाइने छ । पानी छान्न खानेपानी संस्थानले पुरुञ्चौरमा १ सय ३१ रोपनी जग्गा अधिग्रहण गरेको छ।

पोखरा–२, विन्ध्यवासिनीमा यसअघि नै ४० लाख लिटर क्षमताको ट्याङ्की छँदैछ । अब पोखरा ५ मालेपाटन, पोखरा ११ फूलबारी र पोखरा १५ कोलपाटनमा २० लाख लिटर क्षमताको नयाँ ट्याङ्की बनाउने र पोखरेलीलाई शुद्धपानी वितरण गरिने योजना छ ।

पोखराभरी पानी वितरणका लागि १ सय १० किलोमिटर पाइपलाइन बिछ्याइने खानेपानी संस्थान पोखराले जानकारी दिएको छ । कार्यक्रममा मन्त्री मगरले पोखरी शिलान्न्यास गर्दै नेपालको संविधानले समेत प्रत्येक नागरिकले शुद्ध पिउनेपानी पाउनु पर्ने अधिकार रहेको र सन् २०३० सम्म सबै नेपालीले शुद्ध पानी पिउन सक्ने गरी सरकार अगाडि बढेको बताइन् ।

जापानी राजदुत मासामिची सैगोले पर्यटकीय क्षेत्र पोखरामा शुद्ध खानेपानी उपलब्ध गराउन जापान सरकारले अनुदान सहयोग प्रदान गरेको बताए । निर्माणको कामका लागि जापानीज कम्पनी हाजमा एन्दो कपोर्रेसनले निर्माणको ठेक्का पाएको छ ।

यो पनि पढ्नुहोस् :   गुठी विधेयक खारेज गर्न माग गर्दै गोकर्णेश्वरमा प्रदर्शन

जापानले दिएको कुल अनुदान रकममध्ये ४ अर्ब २१ करोडमा सिभिल कार्यका लागि जापानमै बोलपत्र आह्वान भएको थियो । अबको ३ वर्षमा आायोजनाको सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य छ ।

खानेपानी संस्थान पोखराका प्रमुख तथा आयोजनाका डेपुटी प्रोजेक्ट म्यानेजर नीरन महर्जनले सो आयोजनाबाट पोखरा महानगर क्षेत्रभित्र साढे ४ लाख जनसंख्या प्रत्यक्ष लाभान्वित हुने बताए ।
..
फोटो छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित पाेष्टहरु