The news from New Generation with new vision.

पशुपतीलाई गायक भट्टराईको साथ, भ्रष्टाचारविरुद्ध यसरी उत्रिए (भिडियोसहित)

62

गोविन्द मरासिनी/काठमाडौं । नेपालमा वढ्दै गएको भष्ट्रारको विभिन्न तबरबाट बिरोध हुँदै आएको छ । राज्य र सरकारी स्तरबाट विभिन्न क्षेत्रमा हुने अनियमितता र भष्ट्राचारको बिरोध गीत संगीतको माध्यमबाट समेत हुने गरेको छ ।

केहि समयअघि चर्चित गायक पशुपति शर्माले गाएको ‘लुट्न सके लुट’ भन्ने गीत सार्वजनिक गरेपछि उक्त गीतको चर्चा देशमा मात्र हैन् अन्तर्राष्ट्रिय स्तरमै चर्चा भएको थियो । उक्त गीतको बिषयलाई लिएर पशुपति शर्माले बिभिन्न धम्की समेत पायर गीतलाई शंशोधन गर्न समेत वाध्य भए ।

गायक शर्माको गीतलाई समर्थन गर्दै अर्का चर्चित गायक रमेशराज भट्टराईले पनि ‘भष्ट्राचार’ बोलको गीत ल्याएका छन् । गायक भट्टराईले गीतबाट यो नेपाल हो, भष्ट्राचार र अन्यायको बिरुद्धमा बोल्न नहुने बताएका छन् ।

गीतमा खाली भष्ट्रारीहरुको बिरोध मात्र गरिएको छैन्, भष्ट्राचारको विरोध गर्ने र देशमा केहि राम्रो काम गर्ने व्यक्तिहरुको समर्थन समेत गरिएको छ ।

गायक भट्टराईको लय, शब्द स्वर रहेको गीतमा स्वयं भट्टराईकै अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस् :

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   चौतर्फी विरोधपछि गुठी विधेयक फिर्ता लिएको सरकारको घोषणा
सम्बन्धित पाेष्टहरु