The news from New Generation with new vision.

नेपाल प्रहरी श्रीमती संघको अग्रसरतामा जनचेतनामूलक कार्यक्रम सम्पन्न

बर्दिया । गुलरिया नगरपालिकाका उपमेयर सुशिला गिरीको प्रमुख आतिथ्य तथा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष प्रमिला खनालको अध्यक्षतामा समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत बर्दियास्थित कृष्णसार रिसोर्टमा सोमबार जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

नेपाल प्रहरी श्रीमती संघ र आसरा सुधार केन्द्र, रानीबारीको संयुक्त आयोजना र अग्रसरतामा बर्दियास्थित ध्रुव मावि, बंगलामुखि मावि, कोटही मावि र मकदेव माविमा अध्ययनरत विद्यार्थीहरुलाई उक्त जनचेतनामूलक कार्यक्रम संचालन गरिएको हो।

कार्यक्रममा गुलरिया नगरपालिकाका उपमेयर सुशिला गिरी, जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ तथा आसरा सुधार केन्द्रकी सचिव महिमा शाह समेतले समुदाय-प्रहरी साझेदारी कार्यक्रमको महत्वबारे प्रकाश पार्नुभएको थियो।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेश नाथ बास्तोलाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी निरीक्षक पुर्णिमा चन्दले लागूऔषध दुर्व्यसन, घरेलु हिंसा र यौन हिंसा लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो।

सो अवसरमा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, प्रहरी अधिकृतहरु, विद्यार्थीहरु लगायत स्थानीयबासीको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   नेपाली काङ्ग्रेसका जिल्ला सभापतिमाथि आक्रमण, ३ आरोपी पक्राउ
सम्बन्धित पाेष्टहरु