The news from New Generation with new vision.

ड्युटी जाँदै गरेकी नर्सको स्कुटी दुर्घटना परेर मृत्यु

38

सुनसरी । सवारी दुर्घटनामा परेर एक स्टाफ नर्सको ज्यान गएको छ।

धरान इटहरी सडक खण्डमा रोकि राखेको ना ६ ख ४३४५ नम्बरको ट्रकमा को २६ प ८५१ नम्बरको स्कुटी ठोकिँदा स्कुटी चालक कबिता तुम्बाको मृत्यु भएको हो।

उनी धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाइनो विभागको इर्मेजेन्सी कक्षमा कार्यरत थिइन् ।

सोमबार राति ८ बजेको समयमा इटहरीबाट ड्युटी आउने क्रममा इटहरी १ तरहरास्थित आपगाछीमा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   सुनकोशीमा माछा मार्न गएका २ विद्यार्थी बेपता
सम्बन्धित पाेष्टहरु