The news from New Generation with new vision.

आफ्नै श्रीमती बेच्नेलाई यस्तो सजाय

दैलेख । दैलेखमा एक व्यक्तिलाई ३८ वर्ष कैद फैसला गरिएको छ। भैरबी गाउँपालिका–४ भैरीका २१ वर्षीया टेकराज पुरीलाई उक्त कैद फैसला गरिएको हो।

आफ्नै श्रीमती र छोरालाई बेचेको आरोपमा पुरीलाई दैलेख जिल्ला अदालतले आज रु तीन लाख ३० हजार जरिवाना, रु एक लाख ६५ हजार क्षतिपूर्ति र ३८ वर्ष छ महीना कैदको फैसला गरेको हो।

न्यायाधीश सनतचन्द्र लवटको इजलासबाट आज उक्त फैसला सुनाइएको हो। उक्त फैसला मानव बेचबिखनमा २० वर्ष, ओसार–पसारमा १५ वर्ष र कूल सजायको थप १० प्रतिशतले हुन आउने साढे तीन वर्षसमेत ३८ वर्ष छ महीना कैद भएको अदालतका प्रवक्ता विनोद आचार्यले जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   सुत्केरी हुन नसकेकी महिलाको हेलिकप्टरबाट उद्धार
सम्बन्धित पाेष्टहरु