The news from New Generation with new vision.

कमजोरी, थकान र आलस्य भयो ? यो उपाय अपनाउनुहोस् ३ दिनमै आउनेछ नाटकीय परिवर्तन

स्वस्थ जीवन जिउनको लागि मानिस बलियो, जाँगरिलो र निरोगी हुनु आवश्यक छ । शारीरिक कमजोरी हुँदा हाम्रो स्वास्थ्यमा मात्र नभई दैनिक कार्यमा पनि निकै ठुलो असर पार्छ । शरीर कमजोर हुँदा कुनै स-सानो काम गरेपनि थकाइ लाग्ने, आलस्य हुने, कुनै काम गर्न मन नलाग्ने, बसिरहँदा पनि थकित नै महसुस हुने जस्ता समस्याहरु देखा पर्छ ।

शारीरिक कमजोरीका मुख्य कारण नै असन्तुलन खानपान र गलत जीवनशैलीलाई लिइन्छ । जसको कारण शरीरको भित्री भित्रै खोक्रो बनाइदिन्छ । एकदम दुब्लो, पातलो हुने र कमजोरी हुने जस्ता समस्याहरुलाई नजरअन्दाज गर्नु हुँदैन, जसले पछि ठुलै समस्या निम्त्याउन सक्छ।

त्यसकारण समयमा नै शरीरको उचित ख्याल राखेर सन्तुलन खानपानमा ध्यान दिने , नियमित जीवनशैलीमा परिवर्तन ल्याउने जस्ता कार्यमा विशेष जोड दिनु आवश्यक छ । यस्तै आज हामी यस्तो घरेलु विधिको बारेमा बताउन गइरहेका छौँ जसले जस्तोसुकै कमजोरीलाई हटाई केहि दिनमै बलियो, फुर्तिलो, जाँगरिलो बनाउनुका साथै वजन बढाउन पनि मद्धत गर्दछ ।

यसका लागि हामीलाई चाहिने सामग्री : ओखर, किसमिस, मिश्री र दुध ।ओखर हाम्रो दिलदेखि दिमागसम्मको लागि निकै फाइदाजनक फुड हो । यसले हृदय सम्बन्धी हुनसक्ने कयौँ किसिमका समस्याहरुलाई रोक्न मद्धत गर्दछ । यसले सास फुल्ने समस्याबाट पनि बचाउँछ । मानसिक तनाव भएका व्यक्तिहरुका लागि ओखर निकै लाभदायक हुन्छ ।

जोर्नी दुख्ने समस्यालाई पनि यसले ठिक पार्छ । ओखरले कोलेस्टेरोलको बिमारीलाई पनि तिब्र रुपमा निको पार्न मद्धत गर्दछ । त्यसैगरी किसमिसमा भरपुर मात्रामा आइरन, पोटासियम, क्याल्सियम, म्यागनेसियम र फाइबर जस्ता तत्वहरु पाइन्छ । जसले शरीरको कमजोरीलाई दुर गराउँछ । साथै किसमिस हाम्रो आँखाको लागि निकै फाइदाजनक छ ।

चाहिने सामग्रीको तयारी : सुरुमा ४/५ ओटा ओखरलाई फोडेर यसको भित्री भाग निकालेर एउटा कचौरामा राख्ने । त्यसपछि अर्को कचौरामा किसमिस लिने । त्यस्तै २-३ ओटा मिश्रीको डल्ला लिने । अन्तमा १ गिलास दुध लिने ।

यो पनि पढ्नुहोस् :   स्वस्थ रहन कुन उमेरमा कति घण्टा सुत्ने ?

बनाउने विधि : एउटा कचौरा लिएर यसमा करिब ३-४ ओटा ओखरको भित्री भाग राख्ने । अब यसमा दुई चम्चा किसमिस राख्ने । ध्यान राख्नुहोस् कि ३-४ ओटा ओखरमा २ चम्चा किसमिस मिसाउनुहोस् । त्यसपछि १ गिलास काँचो दुधमा यो ओखर र किसमिसको मिश्रणलाई राखेर उमाल्ने । दुध राम्ररी उमालेपछी एउटा गिलासमा हाल्ने । अब एउटा मिश्रीको डल्लालाई पिसेर यसलाई आधा चम्चा जत्ति दुधमा राखेर १-२ सम्म मिसाउने । जसले गर्दा मिस्री दुधमा राम्रोसँग घोल्न सकोस् ।

पिउने अर्थात् सेवन गर्ने समय र तरिका : यो उपाय रातीको समय छोडेर दिनमा जुनसुकै समयमा पनि उपयोग गर्न सक्नेछ । जस्तो की यदि तपाइँ बिहान (मर्निङ वाक) जानु हुन्छ या दौडिनु हुन्छ भने जानु भन्दा अगाडी यो मिश्रण (ओखर, किसमिस र मिश्री) दुध सेवन गर्नुहोस् । यदि बिहान मर्निङ वाक जानु हुन्न भने बिहानको नास्ता खाएर १०-११ बजेको बीचमा पनि यो दुध पिउन सक्नुहुनेछ । दुध पिउँदै यसमा राखेको ओखर र किसमिसलाई चपाई चपाई खानुहोस् ।

यो ओखर, किसमिस र मिश्रीको मिश्रण दुध सेवन गर्न थालेको ३ दिनमै तपाइँको शारीरिक कमजोरी विस्तारै हट्दै जानेछ । यसको लगातार सेवनले तपाइँको दिल र दिमाग स्वास्थ रहनुका साथै शरीरलाई कयौँ किसिमका रोगबाट बचाउछ । यो दुधको सेवनबाट तपाइँको शरीरमा नयाँ जोस, जाँगर र उर्जा मिल्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित पाेष्टहरु