The news from New Generation with new vision.

अनुहारबाट थाहा हुन्छ यी १० रोगका संकेत, बेवास्ता नगर्नुहोस्

हरेक रोगको कुनै न कुनै संकेत हुन्छ। यसैगरी केही स्वास्थ्य समस्या छन्, जुन अनुहारबाट थाहा पाउन सकिन्छ। यसमध्ये कुनै निक्कै गम्भिर समस्या पर्छन्, जसलाई देखाउँन तत्कालै चिकित्सक कहाँ जानुपर्ने हुन्छ।

१. अनुहार सुन्निनु – यदि पुरै अनुहार सुन्निने हुन्छ भने यो मृगौला सम्बन्धि रोगको संकेत हुनसक्छ। यद्यपी, यस्तो समस्या औषधिको ‘साइड–इफेक्ट’का कारण पनि हुनसक्छ।

२. दारीको रौँ झर्नु – दारीको रौँ झर्ने भएमा ‘हाइपोथायराइडिज्म’ नामक रोगको संकत हुनसक्छ ।

३. अनुहारमा रौँ – महिलाको ओठको माथि र चिउँडोमा अस्वभाविक रुपले रौँ आउँनु थाइराइड वा हर्मोनल असन्तुलनको संकते पनि हुनसक्छ।

४. अनुहार पहेलिनु – लामो समयसम्म अनुहारमा पहेलोपना रहनु कलेजो रोगको संकेत हो । साथै यो पहेलोपन पोलिया र एनिमिया अर्थात् रक्तस्रावको संकेत पनि हुनसक्छ।

५. सेतो दाग – अनुहारमा सेतो दाग हुनु क्याल्सियमको कमीको संकेत हुनसक्छ। साथै यो आयरनको कमी वा पेटमा जुका रहेको संकेत पनि हुन सक्छ।

६. चम्किलो सेतो दाग – अनुहारमा केही स्पष्ट देखिने सेतो दाग हुनु कुष्ठ रोगको संकेत हुनसक्छ। यो समस्या केही ग्िम्भर हुन्छ।

७. पानी फोका – अनुहारमा पानी फोका आउँनु ‘चिकनपक्स’(ठेउला)को संकेत हो।

८. डन्डिफोर आउनु – अनुहारमा लामो समयसम्म डन्डिफोर आइरहने समस्या हुनु हर्मोनको असन्तुलनको संकेत हो। त्यस्तै पेट सम्बन्धि समस्या पनि हुनसक्छ।

९. सुन्निनु – लगातार केही दिनसम्म पुरै अनुहार सुन्निनु एन्जियोएडिमाको संकेत हुनसक्छ।

१०. अनुहारमा हल्का दाग – यदि अनुहारमा हल्का सेतो दाग देखिएमा यो पेटमा जुका रहेको संकेत हो।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   स्वस्थ रहन कुन उमेरमा कति घण्टा सुत्ने ?
सम्बन्धित पाेष्टहरु