The news from New Generation with new vision.

मामाघर आएकी चार वर्षीया बालिकामाथि बलात्कार

46

सर्लाही। मामाघर आएकी चार वर्षीया बालिका बलात्कृत भएकी छन्। २८ वैशाख शनिबारका दिन जानकीनगरबाट चन्द्रनगर मामाको घरमा आएकी बालिका बलात्कृत भएकी हुन्।

मामाघरमा हजुरआमासँगै बजार घुम्न आएकी बालिकालाई चन्द्रनगर गाउँपालिका-२ बस्ने स्थानीय २६ वर्षीय रामजी साह तेलीले कपलचोक बजारनजिक रहेको मकैबारीमा लगी जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ। करणीपछि बालिकाको गुप्तांगबाट रगत बगेको छ। बालिकाको जिल्ला अस्पताल मलंगवामा उपचारपछि अवस्था समान्य रहेको छ। बालिका हरिपुर नगरपालिका जानकीनगर घर भई मामाघर आएकी बालिकालाई अभियुक्त साहले ललाइफकाइ करणी गरेका थिए।

श्रीमतीसँग अलग भई एक्लै बस्दै आएका अभियुक्त साहले महिला नुहाउने ठाउँमा लुकीलुकी हेर्नेसमेत गरेको स्थानीयको आरोप छ । अभियुक्त साहलाई दोस्रोपटक पाँच दिनको म्याद थप गरी जबर्जस्ती करणी मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठोरले बताए।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   सर्लाहीको लालबन्दीमा प्रहरी र विप्लव समूहबीच भिडन्त, जिल्ला इञ्चार्ज मारिए
सम्बन्धित पाेष्टहरु