The news from New Generation with new vision.

सावधान ! भूलेर पनि नखानुस् एकसाथ यी चिज

एजेन्सी । कुनैकुनै खानेकुराहरु एकैसाथ खाँदा शरिरलाई निकै नोक्सान पुर्याउन सक्दछ । यिनिहरु एकसाथ हुँदा फुठपोइजन समेतको खतरा हुन सक्दछ ।

१.फलफूलसँगै कहिले पनि स्टार्चयुक्त खानेकुरा खानुहुँदैन किनकी फलफूल छिट्टै पचाउन सकिन्छ, तर स्टार्चयुक्त खानेकुरा जस्तै भात वा आलुलाई पचाउन समय लाग्दछ । यसकारण यी दुवैलाई सँगै खानुहुँदैन।

२.दूधसँगै कहिले पनि कागती वा अमिलो सुन्तला खानुहुँदैन । यदि सँगै खाइयो भने यसले एसिडिटी (ग्यास्ट्रिक) बढाउन सक्छ।

३.दुधको साथमा दही खानु पनि उपयुक्त हुँदैन । दुध र दही साथमा खाँदा यसले पेटका अनेकन समस्या निम्त्याउँछ।

४.रुख कटहर र पोलेको मकै एकसाथ खानुहुँदैन किनकि कटहर र पोलेको मकैको केहि न केहि मात्रामा खरानी पेटमा संगै मिसिंदा त्यसले जण्डिसको समस्या निम्त्याउने धेरै सम्भावना हुन्छ।

५.चिकेनसँगै जुस वा मिठाई खानु हुँदैन, किनकी यसले पेटसम्बन्धी बिरामी निम्त्याउन सक्छ।

६.कोल्डड्रिङ्क्स पिएपछी पानमसला खानु स्वास्थ्यका लागि फाइदाजनक हुँदैन। कोल्डड्रिङ्क्स र मरिच मिल्यो भने साइनाइड जस्तो खतरानाक रसायनको निर्माण हुन्छ जसले तपाईको स्वास्थ्यमा प्रतिकूल असर गर्छ।

७.आलु र चामल हाम्रो दैनिक खानामा पर्ने खाद्यपदार्थ हुन् । हामीले प्राय आलु र चामल सँगै खाने गर्छौ खानाका रूपमा । तर यसले स्वास्थ्यलाइ फाइदा भने गर्दैन । यसले कब्जियतको समस्या ल्याउन सक्छ।

८.दही हामीले प्राय प्रयोग गरिरहने खाद्य पदार्थ हो । दही चिसो पदार्थ हो। यससँग तातो पदार्थ खानु पनि स्वास्थ्यलाई फाइदा गर्दैन । यस्तै, माछासँग दही खानु पनि हानिकारक हन सक्छ। यसले वायु, एलर्जी तथा छालाको समस्या ल्याउन सक्छ । यस्तै, महलाई पनि गर्मी चिजसँग प्रयोग गर्नु फाइदाजनक हुँदैन।

९.खानाका साथमा फलफुल खानुले पनि स्वास्थ्यलाई फाइदा गर्दैन। दुवै चीज कार्बोहाइड्रेट र प्रोटिन पच्ने क्रममा फरक हन्छ । एकसाथ खाना र फलफुल खाँदा पाचन प्रक्रिया सहज रूपमा सञ्चालन हुन सक्दैन । जसले गर्दा कब्जियत, झाडापखाला र अपचको समस्या आउने गर्छ।

यो पनि पढ्नुहोस् :   एकदमै दुब्लो, पातलो र कमजोर हुनुहुन्छ ? यी चीज खानुहोस्, ५ दिनमै बढ्नेछ तौल र जाँगर

१०.प्याज र दुध पनि साथमा खानु फाइदाजनक हुँदैन। प्याजसँग दुध सेवन गर्नाले छालाको रोग जस्तै दाद, चिलाउने, एगसिमा, सोराईसिसले सताउने समस्या हुन्छ।

११.दही र पराठा साथमा खानु पनि फाइदाजनक हुँदैन। पराठासँग दही खाँदा दहीमा हुने फ्याटले पाचन प्रक्रियामा रूकावट ल्याउँछ र शरिरले पाउनुपर्ने शक्ति शरिरले पाउन सक्दैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित पाेष्टहरु