The news from New Generation with new vision.

हातको औँला हेरेर यसरी गर्न सकिन्छ भविष्यवाणी

एजेन्सी । हस्तरेखा ज्योतिषमा सबै भन्दा छोटो औँलाको लम्बाई हेरेर कयौँ कुरा थाहा पाउन सकिन्छ। तपाईको सबै भन्दा छोटो औँलाले तपाईको स्वास्थ्यका बारेमा कयौँ राज खोल्न सक्छ। आज हामी तपाईलाई यसका बारेमा जानकारी दिदैछौँ। जानिराखौँ के भन्छ तपाईको कान्छी औँला ?

१) जुन व्यक्तिको छोटो औँलाको बनावट राम्रो, लामो र सुन्दर हुन्छ त्यस्ता व्यक्तिले दोस्रो व्यक्तिलाई सजिलै प्रभावित पार्न सक्छन्।

२) जुन व्यक्तिको छोटो औँला सामान्य लम्बाई भन्दा पनि कम हुन्छ, यस्ता व्यक्तिले हरेक काम जल्दबाजीमा गर्ने गर्दछन्। यस्ता मानिस कुनै कुरा नबुझने खालका हुन्छन्।

३) जुन व्यक्तिको कान्छि औँला सीधा र सेन्टरमा हुन्छ, त्यस्ता व्यक्ति दिमागका निकै धनी हुने गर्दछन्।

४) यदी कसैको कान्छि औँला अनामिका औँला (रिंग फिंगर) भन्दा टाढा हुन्छ, त्यस्ता व्यक्ति आफ्नो काम स्वतन्त्र भएर गर्न रुचाउछन्।

५) जुन व्यक्तिको कान्छि औँला र अनामिका औँला दुबै बराबर हुन्छ, त्यस्ता व्यक्ति राजनीतिमा रुचि राख्ने हुन्छन्।

६) जुन व्यक्तिको छोटो औँला अनामिका औँलातिर झुकेको हुन्छ, त्यस्ता व्यक्ति राम्रो व्यापारी हुन सक्छन्।

७) जुन व्यक्तिको कान्छि औँला सामान्य लम्बाई भन्दा लामो हुन्छ, त्यस्ता व्यक्ति निकै चलाक र भाग्यमानि हुने गर्दछन्। आफ्नो काममा दोस्रो व्यक्तिभन्दा अगाडि हुन्छन्।

८) यदी कुनै व्यक्तिको छोटो औँलाको पहिलो भाग ज्यादै लामो हुन्छ भने त्यस्ता व्यक्ति शौकिनवाला हुने गर्दछन्।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   सधै भगवान शिवको कृपा रहने यी ३ राशिको भाग्य हेर्नुहोस्
सम्बन्धित पाेष्टहरु