The news from New Generation with new vision.

तौल कम गर्न चाहनुहुन्छ ? यी उपाय अप्नाउनुहोस्

एजेन्सी । शरीरमा अतिरिक्त क्यारोली जम्मा भएपछि मोटोपन एवं तौल बढ्छ । हामीले खाएको खानेकुरा नै यसको स्रोत हो । यद्यपी खानेकुरा खाएर मात्र क्यालोरी बढी हुने होइन । खानेकुरा खाए अनुरुप शारीरिक सक्रियता नहुँदा अतिरिक्त क्यालोरी जम्मा हुन्छ। हामीले केही साना साना कुरामा ध्यान दियौँ भने सजिलै तौल बढाउन सक्छौँ। आज हामी तपाईलाई तौल घटाउने केही घरेलु उपायका बारेमा जानकारी दिदैछौँ ।

तौल कम गर्न अप्नाउनुहोस् यी घरेलु उपाय
एकसाथ धेरै खानेकुरा सेवन नगरौँ।
राती अबेरसम्म बसेर खाने बानी हटाऔ।
बोसोयुक्त, मसलेदार, तारेको, भुटेको खानेकुरा बन्देज गरौ ।
सकेसम्म उसिनेको वा उमालेको खानेकुरामा जोड दिनुपर्छ ।
सलाद, सुप र फलफूललाई आफ्नो डाइटमा सामेल गरौ ।
शारीरिक रुपमा सक्रिय हुनुपर्छ । एकै स्थानमा लामो समयसम्म बस्ने, सुत्ने नगरौ।
नियमित व्यायाम गरौ । योग गरौ ।
छोटो दुरी पार गर्नुछ भने गाडी, मोटरसाइकल प्रयोग नगरौ । पैदल हिँडौ ।
घर वा कार्यलयको सानोतिनो शारीरिक काम आफै गरौ ।
बिहान दौडने वा छिटो छिटो पैदल हिँड्ने गरौ ।
राती चाडै सुत्ने र बिहान चाडै उठ्ने अभ्यास गरौ ।
सुत्ने र उठ्ने तालिका नियमित गरौ ।
कम्तीमा सात घण्टा मस्त सुत्ने गरौ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   हातमा पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्…
सम्बन्धित पाेष्टहरु